२०७९ चैत्र १५ बुधबार

धान दिवसमा धान सुपरजोन जिल्लाका किसानको पीडा : बाढी आयो ,धान रोप्ने बेलामा मल छैन ’

खगेन्द्र घिमिरे झापा –

आज राष्ट्रिय धान दिवस देशभर मनाइएको छ । बिशेष गरी झापाका किसान यो बर्ष पनि असार १५ मा खासै उत्साहित छैनन्।
केही दिन अघि बाट आएको पानीको कारण सम्पूर्ण क्षेत्र डुबानमा परेको छ । बाढीले धेरै क्षेत्र बगाएको छ । हरेक बर्ष धानबालीमा भएको क्षतिको क्षतिपूर्ति पाउँनुको त परैको कुरा अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभावका कारण किसान उत्साहित देखिदैनन् ।
हरेक बर्ष यो समयमा मलको अभाव झेल्दै आएका किसानलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव ले छोडेन । धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ


१९ औं राष्ट्रिय धान दिवस आज मनाइयो । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइदै छ । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।झापामा पनि धान सुपरजोन क्षेत्रमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइएको छ ।
झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रीक टन प्रती हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रीक टन धान उत्पादन हुने तथ्यांक छ । सरकारले झापालाइ कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडी बढाएको छ । झापामा धान, मकै, रबर र सुपारी गरि चओटा सुपर जोन निर्धारण गरेको छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाका धान सुपर जोन घोषणा गरिएको हो ।


बर्षा पछि आएको बाढीका कारण घर डुबानमा परे पछि बिस्थापित भएका झापा १७६ परिवार आज आफ्नै घर फिर्ता भएका छन । सोमबार र मंगलबार बाढीको पानी घर भित्र पसेर डुबानमा परेका झापाका विभिन्न पालिकाका स्थानीयहरु आज पानी केही घटेसंगै आफ्नै घर फिर्ता भएको नेपाल रेडक्रस सोसाईटी झापाले जनाएको छ । झापामा २ सय १८ परिवार अझै बिस्थापित भएका छन भने आज थप ७८ परिवार बिस्थापित भएका छन ।

 

 

२०७९ असार १५, बुधबार प्रकाशित 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार