२०७९ चैत्र १६ बिहीबार

जागृत बाल उद्धार केन्द्रमा मनाइयो असार पन्ध्र

काँकरभिट्टा । मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्रले बुधवार राष्ट्रिय धान दिवस विशेष कार्यक्रम आयोजना गरेको छ । केन्द्रकी अध्यक्ष विना तामाङको अध्यक्षता एवम् इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महतोको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा सहभागीहरुले केन्द्रमा आश्रित बालबालिकासँग सामूहिक रुपमा दही च्यूरा खाएर असार १५ गते मनाइएका केन्द्रका उपाध्यक्ष बालकृष्ण थापाले बताए ।

बालबालिकाहरुमा राष्ट्रिय धान दिवसको महत्व उजागर गर्न वर्षेनी यस्ता कार्यक्रम आयोजना गरिँदै आएको उनको भनाई छ । सो अवसरमा विशेष अतिथि मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष सविना बजगाईंलगायतले बोलेका थिए ।

त्यसक्रममा केन्द्रकी सदस्य सीता गुरुङ, नेपाली काँग्रेसकी महिला नेतृ शशी राई (थापा), सामाजिक अभियन्ता सोमराज ढकाल, केन्द्रका संरक्षक विकास देवकोटालगायतको आतिथ्यता थियो । केन्द्रका उपाध्यक्ष बालकृष्ण थापाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन नेत्र कार्कीले गरेका थिए ।

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 54 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार