२०७९ चैत्र १६ बिहीबार

झापामा धान दिवस :असारे भाकामा गित गाउँदै हिलाे छ्यापाछ्याप गर्दै राेपे धान

झापामा धान दिवस :असारे भाकामा लोकदोहोरी गाउँदै हिलाे छ्यापाछ्याप गर्दै राेपे धान
खगेन्द्र घिमिरे झापा । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइदै छ । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
झापामा पनि धान सुपरजोन क्षेत्रमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइएको छ ।
झापाको ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । सो क्षेत्रबाट ४.७ मेट्रीक टन प्रती हेक्टरका दरले ४ लाख १२ हजार २५० मेट्रीक टन धान उत्पादन हुने तथ्यांक छ । सरकारले झापालाइ कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्धेश्यले विभिन्न कृषि जोन क्षेत्र घोषणा गरि कार्यक्रम अगाडी बढाएको छ । झापामा धान, मकै, रबर र सुपारी गरि चओटा सुपर जोन निर्धारण गरेको छ ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाका धान सुपर जाेन घाेषणा गरिएकाे हाे ।
असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोपेका छन । धानखेतीका लागि जिल्लामा करिब ८८ हजार हेक्टर जमिन छ।चारआली, १५ असार ।  देशको अर्थतन्त्र उकास्नका लागि पनि कृषिमा जोड दिनु राेपाइमा सहभागीले प्रतिक्रिया दिएका छन । तर पछिल्लो समय आएको बाढी ले धान बालीमा क्षति हुने डर छ ।
झापामा कृषकहरुले बेठि बाजा बजाउदै हिलो र पानीमा छमछमी नाच्दै धान रोपेका थिए ।
मेचीनगरका विभिन्न स्थानमा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले धान रोपेर दिवस मनाएका छन् ।

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार