२०७९ चैत्र १६ बिहीबार

कन्काईको बाढीले झापाका एक सय घर डुबानमा (तस्बिरहरू)

विनोद सापकोटा

गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ।

कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन्।

कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ।

मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार धेरै बस्ती डुवानमा परेको खबर आएका छन्।

यस्तै पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ।

जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

२०७९ असार १४, मंगलवार प्रकाशित 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार