२०७९ चैत्र १५ बुधबार

लघु उद्यमीको महिला भन्छन –बजार पाए हामी आत्मनिर्भर बन्छौ’

मेचीनगर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत लघु बित्तमा पहुंच, बजारीकरणमा सहयोग तालिम सम्पन्न भएको छ । झापाको धुलाबारीमा लघु उद्यमीका लागि वित्तिय साक्षरता कार्यक्रम हिजो सुरु भएको थियो । गरिबी निवारणका लागी लघु उद्यम विकास अन्र्तगत २ दिने साक्षरता कार्यक्रम भएको हो ।
मेची उद्योग बाणीज्य संघको सभाहलमा सुरु भएको कार्यक्रम मेचीनगर नगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले समापन गर्नु भएको हो । प्रमुख अतिथि नगर प्रमुखले महिला दिदि बहिनीबाट उत्पादन भएको उत्पादित साम्रगीको बजारिकरणमा सहयोग गर्ने बताउनु भयो । आर्थिक विकास प्रमुख दिपेन्द्र कार्कीले हिजो उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा उद्यम विकास सहजकर्ता अधिनी कुमार भट्टराइ,जिल्ला लघु उद्यमी संघकी झापा जिल्ला अध्यक्ष निर्मला भण्डारी,स्वरोजगार सहकारी का सुरेन्द्र बुढाथोकी लगायतले उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण मूख्य समस्या रहेको बताए ।
वितिय साक्षरता कार्यक्रम र बजार पहुँच कार्य योजना विषयक तालिमकम उद्योग दर्ता प्रकृया र आवश्यक कागजात चनिमाया तामाङ्ग,उद्यम बैक बिचको भूमिका र वितिय संजिव वराल,लघु उद्यम विकासका लागि लघु उद्यमी समूह संघको भूमिका निर्मला भण्डारी,संस्था दर्ता दिपेन्द्र कार्की,पुनरावलोकन गंगा सोरेन लगायतले प्रशिक्षण दिनु भयो
तालिमममा ७५ बढी उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार