
झापा मेचीनगर १० काे एउटा बाटाे अलिक अघि बाट चर्चा मा आएको थियो । तत्कालिन २०७८/७९ को मेनपा बजेट किताबमा नन्दा पम्प हुदै खेरिबारी जाने सडक कालोपत्रे योजनामा समावेस भएको तर नबनेको गुनासो स्थानीय ले गरे । तत्कालिन १० नं वडा अध्यक्षले उक्त योजनालाई निजि स्वार्थको खातिर सक्तिको आडमा अन्यत्रै स्थानतरण गरियो भन्ने आवाज उठेकाे थियोे । आज लामो समय सम्म मर्मत नभएको सोहि सडकमा आज बिद्यार्थी बोक्ने गाडी फसेको छ भने अब बाट कुनै पनि चार चक्के सवारी चल्न सक्ने अवस्था छैन। सडकमा गाडी चल्न नसक्ता स्थानियले कुनै पनि बेला थप बिपत्तीको सामना गर्नु नपर्ला भन्न सकिन्न स्थानीय चेतराज बिष्ट बताउँछन् । ति जनताको नेताहरुमा यो तस्बिर ले थोरै भए पनि पशच्ताप त पक्कै भएकै होला उनले सामाजिक संजाल मा राखेका छन् ।