
मेची राजमार्गको इलाम फिदिम सडक खण्डअन्तर्गत पाँचथरको फाल्गुननन्द ३ पाङग्रेभीरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार अपराह्न ४ः२० मा झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम आउँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खस्दा कारका चालक झापा हल्दिबारी गाउँपालिका साबिक जलथल गाविस ५ निवासी ४५ वर्षीय प्रकाश बुढाथोकीको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा कारमा सवार पाँचथर फालेलुङ २ का ३६ वर्षीय भीष्म केरुङ घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारार्थ झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।