
भरत यादव
झापा ।। अर्जुनधारा ४ मा मृत अवस्थामा बोरा भित्र लास फेला परेको छ । स्थानीय हेमपाइप मुनि पहेलो,रातो रगको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बोरा भित्र हेर्दा मृत अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टाउकोमा चोट देखिएको सो लास कस्को हो भन्ने पहिचान खुल्न सकेको छैन ।अन्दाजी ४०,४५ बर्षको पुरुष को लास भएको अनुमान गरिएको छ । जमेको पानी सँगै भेटिएको बोरा भित्रको शवको थप कानुनी प्रकृयाको लागि धरान पठाइएको प्रहरीले बताएको छ ।