२०७९ मंसिर १३ मंगलवार

लघु उद्यमीका लागि वित्तिय साक्षरता

मेचीनगर । झापाको धुलाबारीमा लघु उद्यमीका लागि वित्तिय साक्षरता कार्यक्रम सुरु भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास अन्र्तगत २ दिने साक्षरता कार्यक्रम सुरु भएको हो ।
मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टाको आयोजनामा भएको कार्यक्रम धुलाबारीमा उदघाटन गरिएको छ । मेची उद्योग बाणीज्य संघको सभाहलमा सुरु भएको कार्यक्रम मेचीनगर आर्थिक विकास प्रमुख दिपेन्द्र कार्कीले व्यानर पढेर उदघाटन गर्नु भएको थियो ।


उदघाटन कार्यक्रममा उद्यम विकास सहजकर्ता अधिनी कुमार भट्टराइ,जिल्ला लघु उद्यमी संघकी झापा जिल्ला अध्यक्ष निर्मला भण्डारी,स्वरोजगार सहकारी का सुरेन्द्र बुढाथोकी लगायतले उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण मूख्य समस्या रहेको बताए ।
वितिय साक्षरता कार्यक्रम र बजार पहुँच कार्य योजना विषयक तालिमकम उद्योग दर्ता प्रकृया र आवश्यक कागजात चनिमाया तामाङ्ग,उद्यम बैक बिचको भूमिका र वितिय संजिव वराल,लघु उद्यम विकासका लागि लघु उद्यमी समूह संघको भूमिका निर्मला भण्डारी,संस्था दर्ता दिपेन्द्र कार्की,पुनरावलोकन गंगा सोरेन लगायतले प्रशिक्षण दिनु हुनेछ ।
तालिमममा ७५ बढी उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

२०७९ असार १२, आईतवार प्रकाशित 0 Minutes 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार