२०७९ चैत्र १६ बिहीबार

श्रीकृष्ण प्रणामी वाईजुराज संघको आयोजनामा रक्तदान

श्रीकृष्ण प्रणामी वाईजुराज संघको आयोजनामा रक्तदान        धुलाबारी ।। श्रीकृष्ण प्रणामी वाईजुराज संघ धुलाबारी इकाईकाे आयोजना मा रक्तदान आयाेजना गरिएको छ । धुलाबारी इकाई अध्यक्ष सरस्वती आचार्य घिमिरेकेा अध्यक्ष ता भएको कार्यक्रम का बिच प्रमुख अतिथि मेचीनगर १० का वडाअध्यक्ष नारायण खनाल ले रक्तदान जीवन दान भएको भन्दै समाजमा याे भन्दा अर्काे उदाहरणीय ठुलाे काम के हुन सक्छ र भन्दै प्रसंसा गरे । प्रमिला गाैतम काे संयाेजकत्वमा भएको कार्यक्रममा विशेष अतिथि प्रदेश अध्यक्ष गंगा घिमिरे ,अतिथि कृष्ण बजगाइ , डा तिर्थराज आचार्य,अनिल ढुङ्गाना,टहलदास ओली ,सीता पुरी , मिरा ओली, अस्मिता खनाल, दुर्गा खतिवडा ,सविता भण्डारी ,रेणुका उप्रेती डागीँ ,जिवन सापकोटा लगायतको उपस्थिति रहेकाे थियो । नेपाल रेडक्रस झापाकाे प्रविधिक सहयोगमा रक्तदान आयोजना गरिएको थियोे ।

२०७९ असार ११, शनिबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार