२०७९ चैत्र १६ बिहीबार

जेसिज सप्ताह अन्तर्गत स्लो मोटरसाइकल रेस सम्पन्न

जेसिज सप्ताह अन्तर्गत स्लो मोटरसाइकल रेस सम्पन्न

बुधबारे जेसिजको एक हप्ते कार्यक्रम ‘जेसिज सप्ताह’ को पाँचौ दिन, आज अषाढ ९ गते शुक्रबार पनि एक कार्यक्रम सम्पन्न भएको छ।बुद्धशान्ति ३ को ८ नम्बर चोकमा स्लो मोटरसाइकल रेस गर्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक बिनोद रिजालले जानकारी दिए।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं कार्यक्रमका प्रमुख धरणीधर पोख्रेलले ब्यानर बाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
उद्घाटनमा बोल्दै अध्यक्ष पोख्रेलले बुधबारे जेसिजले पछिल्ला दिनहरुमा समाजको परिवर्तनको लागि सचेतनामुलक कार्यक्रम गरेकोमा बुधबारे जेसिजलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले स्लो मोटरसाइकल रेसले दुर्घटना न्यूनीकरण हुने कुराले गर्दा यो कार्यक्रम राखेको कुरा बताएका छन् ।

त्यस्तै कार्यक्रममा प्रथम निकेस भण्डारी द्वतिय सन्चारकर्मी बिजय उप्रेती र तृतीय बिबेक माझी भएका थिए बिजेयताहरुलाई प्रमाणपत्र र हेलमेट प्रदान गरिएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष सुजित बरालले जानकारी दिए।

कार्यक्रममा विशिष्ट अतिथि ट्राफिक प्रहरी कार्यलयका बुधबारेका इन्चार्ज राजकुमार चौधरी र विशेष अतिथिमा ट्राफिक कार्यलय बुधबारेका ट्राफिक बिजय श्रेष्ठको उपस्थिति रहेको जेसिज सप्ताहका मुल संयोजक जेसी रुद्र निरौलाले जानकारी दिए।

कार्यक्रमको संचालन बुधबारे जेसिजका सचिव जेसी चन्द्र कान्त वाग्लेले गरेको कार्यक्रमको स्वागत मन्तव्य बुधबारे जेसीजका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक बिनोद रिजालले गरेका थिए भने जेसीज आस्था पाठ जनसम्पर्क अधिकारी जेसी गजेन्द्र योङहाङ्गले गरेका थिए ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार