२०७९ चैत्र १५ बुधबार

भर्खरै : एमाले अध्यक्ष कार्कीको घरमा कुकर बम ! सेनाको टोली घटनास्थलमा

गौरादह, १० असार । आज विहान नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की एवम् पूर्वमन्त्री हिक्मत कार्कीको घरमा अज्ञात व्यक्तिले कुकर बम जस्तो देखिने शंकास्पद बस्तु राखेको पाइएको छ ।

विहान साढे पाँच बजेतिर घरमा सदस्यहरु उठ्दा प्रवेशद्वार अगाडि तारले जडित प्रेसर कुकर बम देखेपछि प्रहरीलाई खबर गरिएको अध्यक्ष कार्कीले बताए ।

शंकास्पद बस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोली घटनास्थलमा बोलाइएको छ ।

शंकास्पद बस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीको भनाई छ ।

घटनास्थलमा कुनै पर्चा छैन । घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार