
सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ। दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
काठमाडौँ जिल्लामा उक्त उमेर समुहका एक लाख ९० हजार बालबालिकालाई बिद्यालय मै खोप लगाउने जिल्ला जनस्वास्थ्य शाखा काठमाडौले जनाएको छ । काठमाडौँमा विद्यालय बाहेक बालमन्दिर र कारागारमा रहेका बालबालिकालाई समेत खोप लगाइने ब्यबस्था गरिएको जनस्वास्थ्य महाशाखाले बताएको छ ।
फाइजर बायोएनटेक खोप १२ वर्ष माथि र पाँच वर्ष मुनिका बालबालिकालाई लगाउन मिल्दैन। पहिलो मात्रा लगाएपछि शरीरमा कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया देखिए खोप लगाउन नमिल्ने महाशाखाले जनाएको छ। प्लाज्मा थेरापीमा भएको व्यक्तिले ९० दिनपछि मात्र खोप लगाउन मिल्छ।