
मेचीनगर । पचास वर्ष पुरानो इतिहास बोलेको धुलाबारीको तृष्णा हल अहिले हरिबिजोक अवस्थामा छ । भन्दै पर्दा अहिले यो हल बन्द अवस्थामा रहेको छ । इतिहास पुरानो छ तर अव हलका नाममा यी पुराना संरचना वाहेक अरु केही छैनन ।
कुनै बेला नाइट सिनेमा हेर्न गाउँवस्तीका दर्शक राँको र पुल्ठो बालेर आउने हल अहिले झाडी र डरलाग्दो स्थान बनेको छ । २०२८ सालमा स्थापना भएको हल धुलाबारीका समाजसेवी चन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । पछि उनका छोरा मुकुलले हलको चलाउने जिम्मेवारी लिएका थिए ।
अहिलेको जस्तो बाटो, बिजुली, पुलको सुविधा नभएको समय पनि दर्शक माझ चलचित्र देखाएका चलेको हल अव भने इतिहासको पानामा मात्रै रहने देखिएको छ ।
भारतको पानीट्याङ्की, नक्सलबाडी, बतासी, दार्जीलिङ र सिक्किमबाट पनि सिनेमा हेर्न आउने गरेका थिए ।
डिजिटल प्रविधिको जमाना आएसँर्ग पुरानो हल बन्द हुन थालेका छन । यसैको प्रभाव यस हललाइ पनि परेको छ ।
धुलाबारीमा श्रेष्ठ परिवारले सिनेमा हल सञ्चालन गर्नुअघि समाजसेवी मकरध्वाज बुढाथोकीले पनि २०२५ सालतिर मिनी सिनेमा हल सञ्चालनमा ल्याएका थिए ।