२०७९ चैत्र १६ बिहीबार

वाणिज्य संघका अध्यक्ष शिवाकोटी , वरिष्ठ उपाध्यक्ष न्यौपानेसहित १० पक्राउ

twitter sharing button

बिर्तामोड, असार ८ । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा बल प्रयोग गरी प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , सन्तोष उप्रेती , राधिका चुडाल , कल्पना पुरी , संगीता न्यौपाने , तुलसा तामाङ, निरु अधिकारी , एकता कडरिया विष्टलगायत छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरु नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसक्रममा केहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहितको आन्दोलन साम्य हुनुको सट्टा अझ चर्किदै गएको छ । हिजो आन्दोलनकारीको प्रतिकारमा एमाले कार्यकर्तालाई उतारेपनि आज भने उनीहरु देखिएका थिएनन्

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार