२०७९ चैत्र १६ बिहीबार

बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पले टोकेर मृत्यु

विषालु सर्पको टोकाइबाट झापा बुद्धशान्ति- ५ मा एक किशोरको मृत्यु भएको छ ।

गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका १५ बर्षिय किशोर अजित तामाङलाई बिषालु सर्पले टोकेर मृत्यु भएको छ ।

सर्पको टोकाइबाट सिकिस्त भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराली पुर्र्याएर उपचार सुरु गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुद्धशान्ति ५ खारखोलाका हुन् । उनले यसै बर्ष एसईई दिएका थिए । उनी फुटबल खेलका एक कुसल खेलाडी पनि थिए ।

२०७९ असार ८, बुधबार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार