२०७९ चैत्र १५ बुधबार

जिल्ला समन्वय समिति झापामा एमालेको प्यानल निर्विरोध निर्वाचित, घोषणा हुन बाँकी

जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्  । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले भने निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्न चाहिँ बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलवार जिसस प्रमुख, उपप्रमुख र सात सदस्य पदका लागि मनोनयन दर्ता थियो ।

एमालेका उम्मेदवारले मात्र मनोनयन दर्तामा गराएका छन् । जिल्लामा एमाले जनप्रतिनिधिहरूको एकल बहुमत रहेकोले अन्य दलबाट कुनै पनि पदमा उम्मेदवारी दर्ता भएन । एमालेले जिसस प्रमुखमा विश्व बराल र उपप्रमुख शान्ता रोक्कालाई उम्मेदवार बनेका थिए । त्यस्तै सदस्यहरू देवका बस्याल , तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली रहेका छन् ।

अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज मनोनयन दर्ता, भोलि चुनाव चिन्ह र पर्सी मतदानसँगै विजयी घोषणा गर्न कार्यक्रम तय गरेको छ । त्यसैले जिससमा निर्वाचित भएका पदाधिकारीको आधिकारी घोषणा असार ९ गते हुने जनाइएको छ ।

२०७९ असार ७, मंगलवार प्रकाशित 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार