२०७९ चैत्र १६ बिहीबार

एन्फा: अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरे ।

निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको छ । ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका थिए ।

निर्वाचनमा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी थिए ।

जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हालेका थिए ।

२०७९ असार ७, मंगलवार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार