२०७९ चैत्र १६ बिहीबार

लायन्स क्लब मेचीनगरको पद हस्तान्तरण

काँकरभिट्टा, ५ असार । लायन्स क्लब अफ मेचीनगरको  काँकरभिट्टामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काँकरभिट्टा स्थित घारी रेष्टुरेन्टमा भएको कार्यक्रममा लायन्स क्लब अफ मेचीनगरका निवर्तमान अध्यक्ष सन्तोष आचार्यले वर्तमान अध्यक्ष मोहनप्रसाद मैनालीलाई पद हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ मेचीनगरको प्रथम उपाध्यक्षमा गंगालाल गुरुङ, द्वितीय उपाध्यक्षमा रोशनलाल प्रधान, तृतीय उपाध्यक्षमा नवराज प्रधान, सचिवमा सचित तामाङ र कोषाध्यक्षमा ज्याक पोखरेल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा लायन लीला चिमरिया, निरज ओली, क्लबका संस्थापक अध्यक्ष शंकर थापा, निवर्तमान अध्यक्ष सन्तोष आचार्य लगायतले मन्तव्य राखेका थिए ।

क्लबले समाजमा गरेका सकारात्मक र रचनात्मक कामको मूल्यांकन गर्दै आगामी दिनमा समेत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सक्रियपूर्वक लाग्ने जनाएको छ ।

क्लबले विभिन्न विभागीय उपसमितिको संयोजक समेत तोकेको छ । ३५ सदस्यीय समितिको मिडिया चियर पर्सनमा डम्बर खवास, स्पोर्टस् चियर पर्सनमा रविन थापा लगायत रहेको लायन्स लियोका अभिजित दवाडीले बताए ।

२०७९ असार ५, आईतवार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार