
धुलाबारी ।। बिगत लामो समय देखि स्तरोन्नति गर्ने प्रयास गरिरहेको आम्दा मेची अस्पताल मेचीनगर बासीले ठूलो अपेक्षा गरेको अस्पताल हो । तर यस दिर्घकाली व्यवस्थापन गर्न नसक्दा खासै अघि बढन सकेन् । हुदा हुदै अहिले आम्दा मेची अस्पताल ,धुलाबारीमा रहेको स्व अग्रज वुवा रविरत्न खनालको शालिक यो अवस्थामा देख्न सकिन्छ ।
अस्पतालको जग्गा दाता तथा बरिष्ठ समाजसेवी स्व नरेन्द्र खनाल तथा खनाल परिवार सहित हामी सबै नै हर्षबिभोर भएका थियौ,आज अस्पतालको पनि खासै प्रगति हुन सकेको छैन,सालिकको पनि यो दयनिय अवस्था छ,कति मन रूदो हो जग्गा दाता दानबीरहरूको, सम्बन्धित संरक्षक मेचीनगरपालिका तथा मेची उद्योग बाणिज्य संघ गम्भीर बनोस भन्ने सबैको चाहाना छ भनेर राम कट्टेलले गुनासो गरे । उनले यो सामाजीक संजालमै लेखेका छन । संरक्षण गर्ने निकायको यस तर्फ ध्यान जाओस्