२०७९ मंसिर १३ मंगलवार

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम विरुद्ध बिर्तामोडमा प्रदर्शन

भरत यादव बिर्तामाेड

स्वतन्त्र युवा अभियान झापाले आज बिर्तामोडको मुक्ति चोकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम SPP मा नेपाललाई सहभागी गराउने कदम विरुद्ध झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ।
उल्लेख्य संख्यामा युवाहरुको सहभागितामा भएको उक्त कार्यक्रममा युवाहरुले बिर्तामोड नगर परिक्रमा गर्दै SPP सम्झौता विरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूले, SPP खारेज गर, SPP चाहिँदैन विदेशी सेना ल्याउन पाइँदैन, प्रधानमन्त्री राजीनामा दे, बुद्धभुमी लाई युद्धभूमि बनाउन पाइँदैन भन्ने लगायतका नारा लगाएको कार्यक्रम आयोजक समितिका चरण प्रसाईले जानकारी दिए।

नगर परिक्रमा पछि कार्यक्रम मुक्ति चोकमा गएर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा शाही शक्ति नेपालका केन्द्रीय अध्यक्ष मुनिन्द्र राजभण्डारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजभण्डारीले’ नेपालको इतिहासमा कुनै सैन्य गठबन्धनमा नगएको र नेपाली जनता देशको रक्षा गर्न सक्षम भएकाले एसपीपी को औचित्य नभएको ‘ बताए।

त्यसपछि, कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक सन्तोष बिमलीले ‘एसपीपी सम्झौता नेपाल र नेपालीको भविष्य माथि नै कुठाराघात गर्ने, नेपाललाई दीर्घकालीन द्वन्दमा धकेल्ने र नेपाल राष्ट्रको अस्तित्व नै मेट्ने किसिमले आएकोले सम्पूर्ण नेपालीहरु ले यसको विरोध गर्नुपर्ने कुरा औल्याए। साथै, नेपाल निकट भविष्यमा नै विदेशी शक्तिकेन्द्रको रणभूमि बन्न सक्ने भन्दै सबैले गम्भीर हुनुपर्ने बताएका थिए।’
मदन चुडालले सञ्चालन गरेको कोणसभा कार्यक्रमलाई धार्मिक क्षेत्रका युवा विनायक निरौला लगायतले सम्बोधन गरेका थिए।

२०७९ असार ४, शनिबार प्रकाशित 1 Minute 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार