२०७९ चैत्र १६ बिहीबार

टिमाई खोलाको धार परिवर्तन गर्न जेसीवी


झापा ।। बुद्धशान्ति र बुद्धशान्ति ४ र ५ को सिमानाको रुपमा रहेको टिमाई खोलाको धार परिवर्तन गर्न ९ वटा जेसीवी प्रयोग गरियो । बुद्धशान्ति गाउँपालिकाको निर्देशन टिमाइ पुलको उत्तर भागमा नदिको धार सोझ्याउने काम भएको हो ।
टिमाई पुल नदिकटानका कारण जोखिमपूर्ण अवस्थामा रहेकाले जेसीवी प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ले बताए । पुलको संरक्षण र खोलाले बर्षायाममा पुर्याउन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न यो कदम चालेका उनले बताए ।
टिमाई खोलाले बार्षिक रुपमा ५० औं बिघाहा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।नदिको दक्षिणी क्षेत्रमा नदिजन्य सामाग्री उत्खनन हुँदा यो क्रम अझ बढेको स्थानीय बताउछन ।
गाउँपालिकाले पुल सरक्षणका लागी यो कदम चालेको बताएपनि यो दीर्घकालीन समाधान भने पक्कै होइन। झन्डै १० बर्षदेखी कुनैपनि नदिजन्य सामाग्री उत्खनन नभएको टिमाई पुल उत्तरको क्षेत्रमा जेसिबि प्रयोग गर्दा सो क्षेत्रको सरचना कमजोर भइ समस्या अझ बढ्न सक्ने जानकारहरु बताउँछन्।
हरेक बर्ष करोडौं रुपैयाँमा खोला ठेक्का लगाएपनि यसबाट हुने क्षति न्यूनीकरणमा काम गरेको देखिदैन। त्यसमा पनि चुरे क्षेत्रका खहरे खोलामा अन्धाधुन्ध उत्खनन हुँदा खानेपानी र पैनिका मुहानहरु सुकिरहेका छन भने नदि गहिरिएर गएका छन्।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार