
झापा ।। सरकारी बिधालय मा कार्यारत अस्थायी ज्यालादारी कर्मचारी हरुकाे सेवा सुविधा र भाेग्दै आएको समस्याको बिषयमा मेचीनगर नगरपालिका सँग ज्ञापन पत्र बुझाएका छन् । मेचीनगर बाल शिक्षक समिति मेचीनगर नगरपालिका द्वार जारी बिज्ञप्ति आज मेचीनगर नगरपालिका नगर प्रमुख गाेपाल चन्द्र बुढाथोकी लाई बुझाएका हुन । समिति अध्यक्ष हुमा देवी भण्डारी सहित नगरपालिका पुगेकाे टाेलिले आफ्नाे परिवारकाे जीवन गुजारा गरी व्यवहार टार्न असहज र कठिनाई रहेकाे बताउँदै समस्या समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन । दश वुदे ज्ञापन पत्रमा इसिडी शिक्षकहरुलाइ क्रमशस्थायी गरियाेस् ,बढ्दाे महङ्गो मध्यनजर गरि सुविधा वृद्धि गरियाेस् ,दरवन्दि सृजना गरी शिक्षकहरुलाइ नियुक्ति गरियाेस्,दिवा खाजामा सुधार,बाल केन्द्रित शैक्षिक सामाग्रीकाे व्यवस्था गरियाेस्,शिक्षकलाई महङ्गी भत्ताकाे व्यवस्था गरियोस् लगायतको माग गरेका छन् । ज्ञापन पत्र बुझदै नगर प्रमुख बुढाथोकीले शैक्षिक क्षेत्रको बिकास र शिक्षकका समस्याको बिषय आफुले नगरपालिका मार्फत सक्दाे सुनुवाइ गर्ने बताए ।