२०७९ चैत्र १६ बिहीबार

रेलको ठक्करबाट पानीट्याङ्कीमा विजयकाे गयो ज्यान


मेचीनगर, २ असार । काँकरभिट्टाका विजय श्रेष्ठको भारतकोे पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी अन्दाजी ३० वर्षका श्रेष्ठको विहीबार राति ७ वजेर ३० मिनेट जाँदा पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको हो ।

रेलको लिकमा हिडिरहेका बेला तीव्र गतिमा आएको रेलले ठक्कर दिदाँ श्रेष्ठको मृत्यु भएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

घटनाका बारेमा नेपाल प्रहरीले मृतकका परिवारलाई जानकारी गराएको छ । मृतकका दाजु विधान श्रेष्ठ पानीट्याङ्की तर्फ लागेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

शवलाई रेल्वेको कानुनी प्रक्रिया पुरा गरेर शुक्रबार घर ल्याइने बुझिएको छ ।

२०७९ असार २, बिहीबार प्रकाशित 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार