स्नुकर टुर्नामेन्टको तयारी पूरा

झापा÷ आउँदो शुक्रबारदेखि काँकरभिट्टामा तेस्रो मेचीनगरस्तरीय (बी डिभिजन) स्नुकर टुर्नामेन्ट हुने भएको छ ।

ब्ल्याक एट पुल एण्ड क्याफे काँकरभिट्टाद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।

आयोजक अध्यक्ष निमा वाङ्गेलका अनुसार ५ गते समापन हुने प्रतियोगितामा मेचीनगरका ३२ जना खेलाडीले भाग लिनेछन् ।

सम्मेलनमा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजीत राईले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सो प्रतियोगितामा पूर्व खेलाडीहरु दावा गोम्देन तामाङ, हरि केसी, पासाङ शेर्पा र सचिन श्रेष्ठ मार्करका रुपमा रहनेछन् ।

प्रतियोगितामा प्रथम हुनेले नगदराशी १२ हजार ५ सय, द्धितीयले ६ हजार ५ सय र तृतीयले ३ हजार २ सय रुपैयाँसहित ट्रफी पाउने जनाइएको छ 

त्यस्तै, टुर्नामेन्ट अफ द प्लेयरले १५ सय र हाई स्कोररले ३१ सय रुपैयाँसहित ट्रफी पाउनेछन् ।

गोर्खा ब्रुअरीले प्रयोजन गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार समाजसेवी तथा छड्के अनुसन्धान मिडियाका प्रकाशक बालकृष्ण थापाले सौजन्य गरेका छन् ।

द्धितीय पुरस्कार मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ र तृतीय पुरस्कार मेची युमा चेस एकाडेमीका सचिव राजु पौडेलले गरेका छन् ।

समाजसेवी सोमनाथ कँडेलले ट्रफी सौजन्य गरेको प्रतियोगितामा लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष शंकर थापा सहयोगीका रुपमा छन् ।