साप्ताहिक फेसन डिजाइन तालिमको उद्घाटन ।

साप्ताहिक फेसन डिजाइन तालिमको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ०६ का वडाध्यक्ष श्री ललित बहादुर तामाङलेमिति२०७७/९/२२का दिन गरेका छन।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको ब्यानर तथा मेचीनगर सिलाई व्यावसायी संघको सहजीकरणमा संचालन हुने साप्ताहिकफेसन डिजाइन तालिमको उद्घाटन मिति २०७७/९/२२गते काकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा गरिएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका ललित बहादुर तामाङले दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रम मा मेचीनगर ०६ का वडा सदस्यहरु राजकुमार श्रेष्ठ , देवीप्रसाद सुवेदी , साबित्रा लुगानका साथै महिला समाजसेवी चन्द्रा शाही बिमली , भानु साहित्य प्रतिश्ठान एवं देवकोटा पार्क व्यवस्थापन समितिका सचिब फडिन्द्र घिमिरेको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य आयोजको तर्फबाट गोपाल आफतले राखेका थिए भने शुभकामना मन्तव्य चन्द्रा शाही बिमली,प्रशिक्षक सारदा श्रेष्ठ का साथैप्रमुख अतिथी रहेका ललित बहादुर तामाङले राखेका थिए कार्यक्रमको सभापतित्व दिल कुमारी श्रेष्ठ र संचालक भवानी कार्कीले गरेका थिए ।