कोरियन कम्पनीको गुणस्तरहिन काम-नेपाली जनताले गराए बन्द

खगेेन्द्र खराेे झापा ।।  नेपाल दुरसंचार प्राधिकरणले प्रदेश १ भित्र अप्टिकल फाइबर बिच्छाउन कोरियन कम्पनी “Ls Cabel Systam pvt. ltd. सङ्ग सम्झौता गरेकाेे छ ।

समयमा,गुणस्तरीय काम सम्पन्न गर्न नेपाली ब्यवसायीले सक्दैन भनि बिदेशी कम्पनीलाई निर्माण कार्य दिएता पनि काम भने “घ” बर्गको नेपाली ब्यवसायिले भन्दा कमजोर ब्यवस्थापनमा मेची राजमार्ग अन्तरगत रोङ खण्डमा निर्माण कार्य गरिएको भनि स्थानिय आन्दोलित भई निर्माण कार्य बन्द गराई सम्बन्धित निकाय हरुमा संघर्षको चरण र माग सहित ज्ञापन  पत्र बुझाए । संघर्ष समिति संयोजक कुमार ढुङ्गेलले हाललाई सम्पुर्ण निर्माण कार्य बन्द गरि सम्बन्धित निकायलाई स्थलगत निरीक्षण गरि बार्ता मार्फत समस्या समाधानको माग राखेको  उहाँले बताउनु भयो।

प्रदेश १ भित्र फाइबर बिच्छाउन काम पाएका कोरियन कम्पनीले नेपाली ब्यवसायिलाई नाफा खाएर बिक्री गरेको,कोरियन कम्पनीको प्रतिनिधि साइड नै नजाने,नेपाल दुरसंचार प्राधिकरणको प्राबिधिक समेत साइड कहिले नजाने,भाईब्रेटर र मिक्चर बिना एउटा बिदेशी कम्पनीले सडकमा ग्यालिनमा पानी बोकेर ढलाई गरेको,पिसिसि हातले लेबल मिलाउदै गरेको पाईएको छ।आजको आधुनिक प्रबिधिको प्रयोग नगरी बर्षौ राजमार्ग अवरुद्ध गरी कानुनको धज्जि उडाएको पाइएको छ।

सार्वजनिक सडक ऎन २०३१ को दफा १८ र १९ मा ब्यवस्था भएको कानुनको धज्जि उडाई मेचि राजमार्गमा जथाभावी नालि र कालोपत्रे भत्काई सडक अवरुद्ध गरि जथाभावी निर्माण सामाग्री राखि सुस्त गतिमा थोरै जनशक्तिले भाईब्रेटर र मिक्चरको समेत प्रयोग नगरी निर्माण गर्दा एउटा बिदेशी कम्पनीले नेपालको ऎन नियमको धज्जि उडाएका छन भने हाम्रा नियमक निकाय समेत मुखदर्शक भएको देख्दा आश्चर्य लागेको रोङ गाउपालिका का अध्यक्ष सम्सेर राई ज्युले बताउनु भयो।

यो योजना रोङ गाउपालिकाको भुमिमा समेत निर्माण हुदा कुनै पनि किसिमको समन्वय नगरी निर्माण कार्य गर्दा जनताको जिज्ञासाको उतर दिन समेत समस्या परेको रोङ गाउपालिकाको उपाध्यक्ष चन्द्रकला राईले बताउनु भएको छ।

रोङ खण्डमा मेचिराजमार्गको दुइटा सडक बत्ति फुटाउदा १५ दिन हिरासत र ८० हजार जरिवाना गराई छोडेको नजिर देखाउदै रोङ ३ का वडा अध्यक्ष मातृका बराल भन्नु हुन्छ अब बिदेशी कम्पनीले सडकमा पुराएको क्षतिको सजाय के हुन्छ हेर्न बाकि छ,निजलाई सजाय नभए कडा प्रतिबात गर्ने समेत बताउनु भएको छ।

अस्तब्यस्त ब्यवस्थापनका कारणले अत्यधिक सडक दुर्घटना हुने गरेको छ।यी सम्पुर्ण समस्यालाई मध्यनजर गरि रोन गाउपालिकाले पटक पटक सम्बन्धित निकायलाई पत्रचार गर्दा पनि कुनै सुधार नभएको कारण जनताको आन्दोलनलाई समर्थन गरी निर्माणमा भएको अनियमितता रोक्न जनप्रतिनिधि बाध्य भएको कुरा रोङ ४ का वडा अध्यक्षले बताउनु भएको छ। जनताले राखेको सम्पुर्ण मागहरु पुरा नभए सम्म संघर्षका चरण अघि बढिरहनेछ र जनप्रतिनिधिले समेत साथ दिईरहने राईले बताउनु भएको छ।

सामान्य हिसाबले हेर्दा सडक अवरुद्ध र धुलो मात्र देखिएता पनि यस भित्र गुणस्तरको सवालमा ब्यापक अनियमितता भएको स्थानिय युवा हिमाल राईले बताउनु भएको छ।सडकको पुरानो नालिको गुणस्तरमा हाल काम नभएको,अघिल्लो बर्ष नालि खनि त्यतिकै छाडेको हुदा बर्षातले पहिरो समेत गएको र उक्त स्थान उतिकै छाडन लागेको भनि रोङ ३ का एग अर्याल ले बताउनु भएको छ।उक्त कोरियन कम्पनी सृजित जोखिम तत्काल नबनाए संघर्षलाई थप कडाई गरिने समेत अर्यालले बताउनु भएको छ।