इलामको ऐतिहासिक साँस्कृतिक सम्पदा चियाबारीे दोहनको विरोध

इलाम पौष १८ ः
इलामबजारको साविक वसपार्कमा वहुतले सिनेमा हल सहितको ट्याक्सी पार्किङको निर्माण कार्यको लागि माटो सम्याउने काम भई रहेको छ । सोही क्रममा इलामको १५७ वर्ष लामो इतिहास बोकेको इलाम चिया कमानमा रहेका चियाका बोटहरु समेत उखलिएको छ । आइतबार रातारात डोजर चलाएर सो वोटहरु उखलिएको हो । लगभग १० मिटर चियाबजानमा डोजर लगाइएको छ । स्थानीय वसीहरु यसको विरोध गर्न थालेका छन् ।
इलामको ऐतिहासिक साँस्कृतिक सम्पदाको दोहन गर्न नपाईने भन्दै इलाम वसीहरु विरोध गर्न थालेका छन् । विश्व वाटै लोप हुन लागेका चियाका प्रजाति रहेको इलाम चियाबगान सरकारले नै दोहन गर्न थाले पनि यसको आक्रोस सामाजिक संजालमा पोखिएको हो ।
यता नगरपालिकाका नगर प्रमुख भने सो स्थानमा नगरपालिकाको जग्गा भएको र त्यसको उपयोग गर्दा चियाका बोटाहरु कटान गरेको वताउँछन् ।
इलामको १५७ वर्ष लामो इतिहास वोकेको चिया कमानमा विश्वबाट नै लोप भई सकेका प्रजातिहरु रहेको र यसको अतिक्रमण गरेर चियाका गाँजहरुमा डोजर लागउनु इलामको मात्र नभएर देशकै चिया इतिहाँस माथी धावा वोलेको चिया क्षेत्रमा लामो समय काम गरेका र चियाका विद्यार्थी समेत रहेको आसी नेपाल वताउँछन् ।
इलामको इतिहास माथि यसरी स्थानीय सरकारले नै धाव वोलेकोमा अप्पती रहेको इलामका प्रकाश भट्टराई वताउँछन् । उनले भने इतिहास माथि यसरी थावा वोल्न पाईन्दैन ।
नेपालमा चियाको इतिहास पल्टाउने हो भने १९२० सालमा इलामको यही नगरपालिकाले अतिक्रमण गरेको चिया कमानमा वडा हाकिम गजराज थापाले चिनले दिएको कोषेली चियाका विरुवा लगाएको इतिहास रहेको छ ।
स्थनीयलाई सास्ती
यता वसपार्कवसी भने मौन रहेका छन सवै जना रमिते भएका छन् । निर्माण कम्पनीले कानुन विपरीत ट्याक्टरमा बाटोनै जाम गर्ने गरी माटो ढुवानी गरीरहेको छ । ट्राफिक नियमको धज्जी उडाउँदै ट्रलिभरी माटो हालेर नछोपिकन बाटो भरी झादै हिड्दा समेत स्थानीय प्रसासन मौन रहेको छ भने स्थानीहरु रमिते बेनेका छन् ।