सडक बुबा ः ढल्न आटेको शरिर , खाली पेट पुरानो कोट भित्र ३७ हजार !


खगेन्द्र घिमिरे(खरो)
झापा ।। भनिन्छ नि सास हुन जेल आस हुन्छ । तर आस पाउने समय एक्लो जिवन कटाउनु पर्दाको पिडा सुच्नुहोस त एक पटक । त्यो पनि सडकको पेटी मा चिसो भुइको सहारा लिएर । यस्तै अवस्थामा रहेका झापा कनकाइ नगरपालिका सुरुङ्गा बजारमा लामो समय देखि बस्दै आउनु भएका यी हजुर बुबा ।
लकडाउन अघि सम्म उनी कसरी चल्ने गरेका थिए त्यो थाहा भएन तर लकडाउन सुरु भए सँगै पहिलो पटक संचारकर्मी खगेन्द्र घिमिरे र सचिन न्यौपाने,नरेश मोहराले सडकमा उनलाई भेटेका थिए । पु्रानो कोट ,लामो दाह्री ,मा देखिएका उनलाई निरन्तर रुपमा हरेक दिन जस्तो सत्य साइ सेवा केन्द्र साथै हाम्रो अभियान टिमले निरन्तर सहयोग गरिरहे ।
पछिल्लो पटक हाम्रो अभियानले उनका लागि लत्ता कपडा समेत दिएको थियो । तर हरेक भेटमा उनलाई दिएको खाना उनले खासै स्विकार गर्दैनन थिए । पैसा दिए समातेर त्यही पु्रानो कोटमा हाल्ने यि बा अहिले मानव सेवा आश्रम पुगेका छन ।
मानव सेवा आश्रमको मेची महाकाली सडक पेटीमा रहेका यी र यस्ता मानवको उद्धार अभियानको क्रममा उनलाई समेत लगिएको छ र उनको अहिले दैनिकी फेरिएको छ । अशक्त बुबा अहिले शारिरिक रुपमा समेत राम्रो हुन थाल्नु भएको छ । यति मात्रै यीनै बुबाको साथमा बसौ देखि संकलन गरेर राखिएको पैसा हजारौ भेटिदा सबै चकित भएका छन । सडक मानव जो भोक,रोग सँग जुध्दै बाच्दै छ तर उसकै साथमा ३७ हजार ४ सय १५ रुपैया भेटिएको छ । सडकमा बसेर मागेको पैसा यसरी जतन गर्ने यी बुबा प्रति हार्दिक नमन गर्नै पर्छ । उहाँको जिवन भर जसरी पिडा भोग्नु पर्र्यो अव भने मानव सेवा आश्रमले उहाँको हेरबिचारमा पूर्व सहयोग गर्ने मानव सेवा आश्रमका नवराज केसीले बताउनु भयो । उहाँको पैसा गन्न २ घण्टा लागेको संचारकर्मी भाग्य न्यौपानेले बताउनु भयो । बुबा पाठ सबैले केहीँ पाठ सिक्नु पर्ने न्यौपानेको भनाइ छ ।