भखरै बिर्तामोडमा भीषण आगलागी 

भद्रपुर । बिर्तामोडको एक ग्यारेजमा सोमबार बेलुका भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोडस्थित लिटिल फ्लावर स्कुल नजिकै उमेश साहले सञ्चालन गरेको अटो ग्यारेजमा आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर गरी चार वारुणयन्त्र पुगेको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।