विराटनगरबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

प्रहरीले खैरो हिरोइन कारोबार गर्ने तीन जनालाई मोरङको विराटनगरबाट पक्राउ गरेको छ ।

लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मियालाई पक्राउ गरेको हो ।

लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधवार पक्राउ गरेर प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।