बुद्धशान्तिमा सुरु भयो दीघार्यु होटल एण्ड लज

ज्ञानु भट्टराई / झापाको बुद्धशान्तिमा सुविधा सम्पन्न दीर्घायु होटल एण्ड लज संचालनमा आएको छ ।
चारआलीबाट ८ किलोमिटर अगाडि बुद्धशान्ति र बुद्धशान्तिको पुलचौकबाट २०० मिटर माथि हात्तिसुँडेमा सो होटलको उद्घाटन गरिएको हो । यस होटल एण्ड लजममा ११ वटा रुम समेत रहेको संचालक अभि न्यौपानेले बताएका छन् ।


सुरक्षाका दृष्टिकोणले यो होटल एण्ड लज अत्यन्तै भरपर्दो रहेको बताउँदै होटलले दैनिक सरसफाइमा समेत विशेष ध्यान दिएको संचालक न्यौपानेले जनाए । अनुभवी कुकले बनाएको बिहानको नास्ता देखि बेलुकाको खाना सम्म पाइने यस होटलको मुख्य परिकारका रुपमा चिकेन तथा मटन बिर्यानी, विभिन्न प्रकारका माछा तथा चिकेनका प्रकार, बम्बई आइटम तथा कान्दापुरी लगायत रहेको बताइएको छ । त्यस्तै हरेक प्रकारका पेय पदार्थ समेत पाइने यहाँ समय अनुसारका विभिन्न फलफूलका जुसहरु समेत पाइने बताइएको छ ।


हाल ७ जनालाई सो होटलमा रोजगारी समेत दिएका न्यौपानेले बुद्धशान्तिका सम्पूर्ण महानुभावहरुलाई एक पटक आफ्नो होटल भ्रमण गरिदिनु अनुरोध गरेका छन् ।