फलो अप : प्रशासकीय अधिकृत लम्साल असफल भए कि बनाए ? भित्री रहस्य !

खगेन्द्र घिमिरे(खरो)
कोरोना महामारी भइरहेको समयमा जनस्तरमा काम गर्नु पर्ने समय प्रशासकीय अधिकृत परिर्वतन गर्न ब्यस्त देखिन्छ मेचीनगर नगरपालिका ।
कारोना महामारीले अरु तिर जस्तै मेचीनगरलाई पनि छोडेको छैन् । खुल्ल सिमा भएको पूर्वी नाकामा रहेको यो नगर मा अझै आगोको झिल्का झै कोरोना सल्किरहेको अवस्था छ । यहाँ स्थानीय सामन्य ब्यतिm देखि नगर प्रमुख सम्म यसको सक्रमणमा परेका छन ।
नगर प्रमुख बिमल आचार्य यति बेला सिलिगुढीमा कोरोना जिते पनि अन्य समन्यका बिच उपचारमा रहेका थिए । यता नगर भित्र अर्कै खेल सुरु भया । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत को नयाँ जिम्मेवारी समाल्न माइ नगरपालिका इलाम बाट दिनानाथ लम्साल मेचीनगर आए ।
उनी आएको केहीँ दिनमै कोरोना संक्रमणमा परे । नगरपालिका भित्र आफ्नो कार्यभार समालेको केहीँ हप्तामै उनी संक्रमण भएपछि उपचार तर्फ लागे । यस बिचमा उनले काम गर्दै जादा सुरुवात कै अवस्थामा नगरपालिका भित्रका केहीँ बेथिति देखे । जहाँ हिजो बाटै कर्मचारी तन्त्र हावी रहेको नगर भित्र अहिले नेकपा का जनप्रतिनिधीहरु बढी छन ।
सुरुकै अवस्था बाट लम्साल प्रति असन्तुष्ट रहेका केहीं कर्मचारीहरु हिजोकै अवस्थामा आफ्नो हैकम जमाउँन नपाउने भयौं भन्ने चिन्तामा थिए । औलामा गन्न सकिने कर्मचारीका स्वार्थ पूर्ण मागहरु प्रशासकीय अधिकृतलाई नपचेको स्रोत बताउँछ ।
उता राजनैतिक दल(नेकपा) समेत लम्साल प्रशासकीय अधिकृत प्रति चित्त नबुझाइरहेको अवस्थामा देखिन्थ्यो । यसै मौकामा कोराना संक्रमणमा परेकै बेला उनलाई एक महिना समेत नपुग्दै सरुवा गराउँन नगरकै राजनैतिक दलका केहीँ नेताको हात रहेको स्रोतको दावी छ । उनी सरुवा भइ मोरङको रतुवा माई नगरपालिका पुगे । एक महिना नपुग्दै सरुवा गरिएका लम्सालको ठाउँमा त्यही नगरपालिकामा रहेका खेमराज ओझालाइ ल्याएको छ ।
लामो समय गौरादह नगरपालिकामा बसेका ओझा पटक पटक बिबादमा आएका थिए । उनी त्यहाँ हुदा ल्यापटप खरिद देखी सडक बत्ती जडान लगायको बिषयमा बिबादमा थिए । त्यस लगात्यै रतुवा माइ पुगेका ओझा एक महिनाको बिचमा मेचीनगर आउनु राजनैतिक दलको ठूलै हात रहेको बताइन्छ ।
यता नगरपालिका भित्र पटक पटक प्रशासकीय अधिकृत परिर्वतन गर्नु गलत भएको भन्दै वडाध्यक्ष हरुले ज्ञापन पत्र नै बुझाएका छन ।
छोटो समयमा दुई जना प्रशासकीय अधिकृत सरुवा भएको भन्दै मेचीनगरका वडाध्यक्षहरुले असन्तुष्ट ब्यक्त गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाए । राजनैतिक चलखेलका कारण मेचीनगरको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै वडाध्यक्षहरुले नगरपालिकालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराए । मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले उपप्रमुख मिना पोख्रेल उप्रेतीको कार्यकक्षमा नै पुगी ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।
‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ । हालै भएको प्रमुख प्रकासकीय अधिकृत दिनानाथ लम्सालको सरुवा खारेज गर्न माग गरि बुझाइएको ज्ञापन पत्रमा ८ जना वडा अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।