काेराेना डर छैन सूर्याेदय नगरपालिका प्रचारमा ब्यस्त !

निरज थापा ।। इलाम  याे दृश्य हो इलामको पर्यटकिय क्षेत्र कन्यामको covid 19 को सङ्क्रमण तिब्र रुपमा भैरहेको बेला कन्याम मा देखिएको यो भिडले सहजै अनुमान गर्न सकिन्छ , यो क्षेत्र मा सङ्क्रमण को जोखिम कतिको छ भनेर , न कसैको मुख मा माक्स छ नत भौतिक दुरी नै , सुरासुन्दरीहरु आ- आफ्नै पारामा ब्यस्त अनि मस्त छन । कोहि तस्बिर लिनमा ब्यस्त छन त कोहि नया पहिरन भिरेर फेसबुक रङ्याउन ब्यस्त छन । हजारौ को भिडमा ठेलमेठेल भैरहदा पनि सुर्योदय नगरपालिका भने मुखदर्शक भएर बसिरहेको छ । नगरपालिका लाइ न कुनै चासो छ , न कुनै सावधानी नै । चाडबाड को मौका छोपि हजारौ एकै स्थानमा जमघट भैरहदा नगरपालिका भने कहा सुतेर बसेको छ ? नगर भने ब्यवासायि हरुको ब्यवसाय चलाउन दिएर कर सङ्कलन गर्नै ब्यस्त छ । कोरोना सङ्क्रमण बढ्यो भन्दै लाखौ रकम को तथ्याङ्क देखाउने नगरपालिका भित्रै यो जोखिम बढिरहदा भोली को जिम्मेबारी कस्ले लिने जन जनको प्रश्न छ? ?