बाइक किन्ने बहानामा बिर्तामोडमा दिउँसै चाेरी

विर्तामोड, भद्रपुर रोडमा रहेको अमिर रिकन्डिसन हाउसबाट मंगलबार दिउसै बाइक चोरी भएको छ । ग्राहक बनेर बाइक किन्ने बहानामा आएको चोरले टेस्ट डा्रइभ गर्ने बहानामा बाइक लिएर फरार भएका छन् ।

यो घटना करिब दिउसो १२ः४५ बजे भद्रपुर रोड, बिजुली आसपासमा घटेको सो रिकन्डिसन हाउसका संचालक अमिर खान पठानले बताएका छन् । चोरी गर्ने व्यक्ति विहान ९ बजे सो रिकन्डिसन हाउसमा मास्क लगाएर बाइक खरिद गर्ने बहानामा आएका थिए ।

अन्दाजी २० वर्षका मंगोलियन अनुहारका करिब ५ फिट उचाइ भएका एवम् ट्राकसुट लाएर आएका थिए चोरीको घटनामा संलग्न ती व्यक्ति । ती व्यक्तिले करिब २ लाख लागतको स ८ प ८९१६ को २२० सीसीको पल्सर किन्ने इच्छा व्यक्त गरेका थिए ।

निकैबेर मोलतोल गरेपछि करिब १ लाख ९५ हजारमा किन्ने निश्चीत भयो । तर आफु सग पैसा नभएकोले एटीएमबाट निकालेर आउने भनेर ती व्यक्ति त्यहाबाट गए । करिब १२ बजे फर्केर आएपछि टेस्ट डा्रइभ गरेरमात्र लाने भनी टेस्ट डा्रइभको लागि बाइक गोमेन्द्र कलेज तर्फ लिएर गए । तर पेट्रोल सकिएपछि बाइकमा १ लिटर पेट्रोल हाली मुक्तिचोक तिर बाइक लगे तर फर्केनन ।

यसरी नाटकीय शैलीमा दिउसै विर्तामोडमा बाइक चोरी भएको छ । सो घटना पछि संचालकले प्रहरीमा घटना दर्ता गरि सकेका छन् । आफुसग सिसिटिभि फुटेज रहेकोले चोर छिट्टै समातिनेमा विश्वस्त छन् अमिर खान ।

जो कोहीले सो बाईक देखेमा निम्न नम्बर अथवा नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरि दिन संचालक अमिर खानले अनुरोध गरेका छन् । साथै उचीत उचित पुरूस्कार दिने घोषणा गरेका छन् । सम्पर्क 9814917786 / 9802734112