काेराेना पुष्टि भएपछि नगर प्रमुख आचार्यकाे यस्ताे सन्देश 

झापा ।।

मेचीनगर प्रमुख बिमल आचार्यमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा उनकाे रिपोर्ट पाेजेटिभ अाएकाे हाे ।  कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भए सगै उनले अनुसन्धान मिडिया सग कुरा गर्दै सबै नगरबासिहरुमा सुरक्षीत रहन अाग्रह गरे ।नगर प्रमुख आचार्यले त्रासमा नपर्न  सचेत रहननगरवासीहरुमा आग्रह गरेे  ।स्वास्थ्य मापदण्ड अपनाउँदै नजिएको चाड आफ्नो घर परिवार भित्र मात्र मनाउँन समेत नगर प्रमुख आचार्यले सबै नगरबासीहरुमा आग्रह गरे । आज प्राप्त नतिजामा मेचीनगर प्रमुख आचार्य सहित अन्य ३ जनामा समेत कोरोना पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । अाफु चाडै निकाे भएर जनताकाे काममा फर्किने उनले बताए ।