योगदान राष्ट्रकालागि फाउण्डेशनको झापा कार्यसमिति गठन सम्पन्न

विजय उप्रेती झापा , स्वास्थ्य सम्बन्धि सामान्य ज्ञान नभएकोले नेपालमा धेरैले अकालमा ज्यान गुमाउनुपरेको परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धि सचेतनाको माध्यमबाट समाज र राष्ट्रलाई योगदान दिने मुल उद्धेश्यले देशव्यापी रुपमा गठन भएको योगदान राष्ट्रको लागि फाउण्डेशनको झापामा जिल्लास्तरीय समिति बनेको छ ।

बिर्तामोड २ चारपाने स्थित ओसियन पाटी प्यालेस्मा गत शनिबार झापाका बिभिन्न छेत्र बाट आउनुभएका समाजसेवी व्यक्तित्व हरुको भेलाबाट समिति गठन गरिएको थियो योगदान रास्ट्रका लागि झापा साखामा सर्वसम्मत प्रदिपकुमार संग्रौलालाइ संयोजक पारित गरिएको थियो त्यस्तै सहसंयोजकमा भिम बोहोरा सचिवमा सजु बुढाथोकी उपसचिवमा डिल्लिराम पोखरेल र कोषाध्यक्षमा बिन्दु थापा चयन भएका छन  समितिका सदस्यहरुमा बन्दना दुलाल, कल्पना चम्लगाई, भिमा पाठक, रोहिणी गौतम, सावित्रा ढुङ्गेल, विजय उप्रेती, डिल्लिराम संग्रौला,सुनिल चौहान, दिपक बस्नेत, डिल्ली उप्रेती, दिपा पौडेल, जितेन शाह, प्रकाश शर्मा रहेका छन
प्रदिप कुमार सङग्रौला ज्युको सम्योजकत्वमा आम भेलाको आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा केन्द्रिय प्रबक्ता तथा प्रदेश नम्बर १ संयोजक भरत सिवाकोटी ज्युले प्रमुख आतिथ्य ग्रहण गर्नु भयेको थियो
स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा निशुल्क तालिम सन्चालन गर्दै निस्वार्थ सामाजिक काम गर्ने अभियान बोकेर “योगदान रास्ट्रको लागि फाउण्डेसन” नामक सस्था दर्ता भएर देशका ७७ जिल्लामा नै जिल्ला समिती बनाउने अभियान अन्तर्गत फाउण्डेसनको झापा जिल्लामा पनि कार्यसमिती बनेको केन्द्रिय प्रबक्ता तथा प्रदेश नम्बर १ संयोजक भरत सिवाकोटी ज्युले जानकारी दिनुभयो ।