बुद्धशान्तिमा लोकप्रिय बन्दै मेचीनगर साकोस

लकडाउन सुरु हुन भन्दा केही समय अघि अर्थात २०७६ फाल्गुनमा बुद्धशान्तिमा शाखा कार्यालयको रुपमा आएको मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.ले यहाँको सदस्यहरुको मन जित्दै गएको पाइएको छ ।
लकडाउनको समयममा शाखा स्थापना भएता पनि बुद्धशान्तिमा यस सहकारीको हाल १५० शेयर सदस्य र २५० खाता खोलिइसकिएको बताउँदै संस्थाका अध्यक्ष कमल काफ्ले बुद्धशान्तिका स्थानीहरुकै लागि विशेष व्याजदरका साथ सहकारी स्थापना गरिएको बताएका छन् ।
बुद्धशान्तिका स्थानीयहरुको सामाजिक, आर्थिक सुदृढिकरणमा सहकारीले उत्कृष्ट भूमिका खेल्ने बताउँदै स्थानीयहरुलाई सहकारीमा आबद्ध हुने उपशाखा समिति सदस्य सुनिल भट्टराईले अनुरोध गरेका छन् ।यस आर्थिक वर्षमा बुद्धशान्तिमा मात्र करिब २.५ करोड ऋण लगानी गर्ने उद्धेश्य रहेको बताउँदै संस्थाका संयोजक हरि दास ढुंगानाले यहाँका स्थानीयहरुको जीवन स्तर उकास्नु नै सहकारीको कर्तव्य रहेको जानकारी दिए ।
मेचीनगरमा मुख्य कार्यालय रहेको यस सहकारीको हाल बुद्धशान्ति र बिर्तामोड साथै अर्जुनधारा समेटिने १ गरि २ वटा शाखा कार्यालयहरु समेत रहेको सहकारीका बुद्धशान्ति कार्यालय प्रमुख विशाल पौडेलले जानकारी दिए ।