“मेचीनगरमा ट्राफिक व्यवस्थापनमा कमी हुन दिन्न”-प्रधान

 

काँकरभिट्टा ।  नाका क्षेत्रमा हुने सवारि चाप ब्यवस्थापन देखि ट्राफिक प्रहरिले समाल्ने जिम्मेवारी आफुले कमी हुन नदिने ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख कृष्ण बहादुर प्रधानले बताएका छन । ट्राफिक प्रंहरी विट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रधानले सोमवार पत्रकारसँगको भेटघाट मा
काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए ।

ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हालन प्रधान प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट आएका हुन् । सीमा क्षेत्रमा उनको जिम्मेवारी पहिलो पटक भएपनि यहाँको समस्या सँग जानकार रहेको उनले बताए ।

उनले भने– नेपालका अन्य सहर भन्दा यो सहरमा ट्राफिक व्यवस्थापन भिन्न छ तर सबैको सहयोगमा मेो कार्याकाल सफल हुनेमा म विश्वस्त छु ।’ ‘प्रहरीको मात्र सक्रियतामा सफलता प्राप्त गर्न नसकिने भन्दे उनले सबैको सहयोग भएमा काँकरभिट्टामा ट्राफिक व्यवस्थापनमा आफ्नो टिमले सफलता प्राप्त गर्नेछ । उनले भने– ढुक्क हुनुहास्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन अब मेरो हातमा छ । उत्कृष्ठ व्यवस्थापनमा म लाग्नेछु ।’ उनले नाका क्षेत्रमा हुने भिडभाडलाइ ब्यवस्थापन गर्न आफुहरु सक्दो लागि पर्ने बताए । यश अघि काकरभिट्टामा कालिदास रेग्मी कार्यरत थिए । उनको सेवा अवधि पूरा भए पछि प्रधान सो स्थानमा आएका हुन ।