वेथितिको चाङ्गमा चढेर मेचीनगर लेखा अधिकृत कै मिलेमतोमा यस्तो खेल !

खराेे खगेेेन्द्र झापा।।                                                 आर्थिक बर्ष २०७५र०७६ मा सबै भन्दा कम वेरुजु देखिएको नगरपालिका भन्दै यश नगरपालिकाले निकै चर्चाको बिषय बनेको थियो । यसरी चर्चा कमाउने नगरपालिका भित्रै नगरपालिका का लेखा अधिकृत अधिकृत स्तर आठौ पदम बहादुर कार्की को आर्थिक अनियमिताको भणडाफोर भएको छ । आफ्नो कर्तुत लुकाउन यति बेला उनी खुबै लागि परके समाचार स्रोत बताउँछ । उनी लेखा अधिकृत कार्की मेची नगरपालिकामा २०७५ साल जेष्ठमा रा।प तृतीय लेखा अधिकृतका रुपमा सरुवा भइ आएका निजामती कर्मचारी हुन । २०७५ साल चैत २१ गते निजको सरुवा शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौ भएको थियो । महालेखा नियन्त्रकको कार्यालयले २०७६ जेष्ठ २८ गते सरुवा कार्यान्वयन का सम्बन्धमा पठाएको पत्रको समेत अवज्ञा गरि उनले मेचिनगर नगरपालिका नगर कार्यापालिकाको दरबन्दी तेरिजमा मेचिनगर नगरपालिका लेखा अधिकृत मा सावित स्थानीय निकाय कै लेखा अधिकृत दरवन्दी हुदाहुदै उनी सरुवा भएको स्थानमा नगइ समायोजन को म्याद सकिएपछि २०७६ असार ६ गते पुन मेचिनगर नगरपालिका नगर कार्यापालिकाको कार्यालयको अधिकृत स्तर आठौ तहको लेखा अधिकृत मा समायोजन भइ आएका हुन । स्थानिय तहमा समायोजन भै आएपनि आफुलाइ स्थानीय सेवाको कर्मचारी भन्दा निजामती सेवाको कर्मचारी भन्न रुचाउने कार्कीले आफुले पाउने तलव तथा ग्रेडमा ठूलो अनियमितता गरेको तथ्य बाहिर आएको छ । समायोजन हुनु अघि कार्कीले रा प तृतीय तलव स्केल र गेड गरि जम्मा रु ३५५५८ तलव खाएका हुन भने समायोजन पश्चात् २०७६ साउनमा तलव स्केल ४०३८० र ५ ग्रेड वरावरको रु ६७३० गरि जम्मा ४७११० लिएको देखिन्छ । यसैगरी २०७७ जेष्ठ महिनाको पारिश्रमिक तलव स्केल रु ४०३८० र ६ ग्रेड वरावरको रकम रु ८०७६ गरि जम्मा रु ४८४५६ लिएको देखिन्छ । अर्को तर्फ कर्मचारी समायोजन एेन २०७५ को दफा ७ उपदफा ४ बमोजिम राजपत्रांकित तृतीय श्रेणीमा ५ बर्षभन्दा कम सेवा अवधि कार्यरत रहेको कर्मचारी लाई अधिकृत स्तर सातौ तहमा समायोजन गरि खाइपाइ आएकोमा थप दुई ग्रेड थप गरि समायोजन गर्ने र पाँच बर्ष वा सो भन्दा बढी सेवा अबधि काम गरेकालाई कुनै ग्रेड व्यवस्था नगरि आठौ तहमा समायोजन गर्ने व्यवस्था गरेको छ । कर्मचारि समायोजन एेन २०७५ को दफा ७ को उपदफा ६ वमोजिम कुनै कर्मचारी समायोजन हुदा खाइपाइ आएको तलव भन्दा कम हुने अवस्था भए मा ग्रेड थप गरि तलव मिलान हुने कानुनि व्यवस्था छ । कार्की ५ बर्ष भन्दा बढी सेवामा रहेका कारण सेवा अवधि गणना भइ अधिकृतस्तर आठौमा समायोजन भएका हुन । उनी समायोजन हुनु अघि खाइपाइ आएको ग्रेड सहितको तलव भन्दा समायोजन भएको आठौ तहको तलव स्केल बढी छ । यसरि दुबै अवस्थामा उनले २०७६ सालको तलव स्केलमा कुनै ग्रेड पाउने अवस्था देखिन्न । यसरी कार्की ले आर्थिक बर्ष २०७६ र ०७७ मा रु १ लाख भन्दा बढि रकम ग्रेड वापतको रकम बुझि आर्थिक अनियमितता गरेको प्रष्ट देखिन्छ । यो ग्रेड उनी सगै नगर शिक्षा अधिकृत लागायतले निजामति सेवाबाट समायोजन भएका सबै कर्मचारी ले अनियमितता तवरबाट बढी ग्रेड राखि आफ्नै मनोमानिमा रकम बुझेको देखिन्छ । कर्मचारी को तलव प्रतिवेदन समेत लेखा अधिकृत आफैले तयार गर्ने हुदा कार्किले वेथितिको चाङ्गमा चढेर बढी ग्रेड लिए पछि अन्यले चुपचाप बढी ग्रेड बराबरको रकम लिदै आएको नगरपालिका स्रोत बताउछ । नगरपालिका भित्र यसरी आफ्नै मनोमानि चलाउने यस्ता कर्मचारी हरु कै कारण नगर दिन प्रतिदिन धरापमा पर्दै गएको देखिन्छ ।