सेवा निवृत्त कालिदास लाई एकताले गर्याे बिदाइ

झापा ।बुधबार बाट मेचीनगरबाट ट्राफिक प्रहरी  निरीक्षक कालिदास  रेग्मीको बिदाइ गरिएको छ । भने  नव आगन्तुक ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधानलाई स्वागत गरिएको छ । एकता टोल विकास संस्था मेचीनगर—६ काँकरभिट्टाले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा सेवा निवृत्त ट्राफिक प्रहरी नायव निरीक्षक रेग्मी लाई बिदाइ गरिएको हाे ।

२०४७ साल भदौ २४ गतेबाट प्रहरी सेवामा प्रवेश गरेकासेवा निवृत्त ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले २०७५ साल चैत २७ गतेबाट अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको कमाण्ड सम्हालेका थिए । पोष्टको नेतृत्व गरिरहेका वखत ट्राफिक व्यवस्थान चुस्तदुरुस्त, सवारी दुघर्टना न्यूनिकरण सवारी नियम उल्लंघन गर्ने सवारी साधनको संख्यामा कमि ल्याउन महत्वपुर्ण चेतनामुलक कार्यक्रम गरेको भन्दैं रेग्मीको वक्ताहरुले प्रशंसा गरेका थिए ।

संस्थाका अध्यक्ष सचित तामाङको सभापतित्व र मेचीनगर नगरपालिकाका ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाले संयुक्तरुपमा रेग्मीलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरेका थिए ।

रेग्मीले काँकरभिट्टा बसपार्क व्यवस्थापन तथा स्थानीयवसाीहरुसँग मिलेर नगरका विभिन्न ठाउँको सरसफाई समेत गरी नगरलाई हराभरा बनाउन महत्वपुर्ण योगदान गरेको भन्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिकाका ६ नम्बर वडाका वडाध्यक्ष तामाङले उनी जहाँ गएपनि उहाँको योगदान मेचीनगरवासीले सधै समरण गरिरहने बताए ।

सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान काँकरभिट्टाक्षेत्रबाट शुरु गरेका रेग्मीले अन्यक्षेत्रमा समेत निक्कै उपलब्धि काम गरेको वडाध्यक्ष तामाङले बताए । मेचीनगर क्षेत्रकोे फुटपाथ व्यवस्थापन, टेम्पो तथा रिक्साको व्यवस्थापन, सरसफाई तथा रक्तदानका साथै सामाजिक काममा समेत ट्राफिक प्रहरीलाई अग्रसर गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्न रेग्मीको जति प्रशंसा गरे पनि कम हुने संस्थाका अध्यक्ष सजित तामाङले बताए ।