भाेलि बाट सेवा निवृत्त हुँदै कालिदास,काकरभिट्टा बाट बिदाइ

प्रहरि जवानबाट राष्ट्रसेवकको जागिर शुरु गरेका कालीदास प्रहरी नायब निरीक्षकको रुपमा सेवा निवृत्त हुँदैछन् ।

समाज सुधारका लागि एक व्यक्ति पनि काफी हुन्छ भन्ने भनाई नै छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं हरेक समस्या पर्ने ठाउँमा पुग्ने ब्यक्ति हुन्– कालिदास रेग्मी ।

देशको सेवा गर्ने उद्देश्यले १९ वर्षको उमेरबाट नेपाल प्रहरीमा जागिर शुरु गरेका कालीदास रेग्मी बुधबारबाट सेवानिवृत्त हुँदैछन् उनी पछिल्लो पटक अस्थायी ट्राफिक पाेष्ट काकरभिटामा कार्यरत थिए । उनी सेवानिवृत्त भए सगै काकरभिट्टामा एक कार्यक्रम का बिच बिदाइ गरिएको छ । उनी कार्यरत काकरभिट्टामा प्रदेश न १ ट्राफिक कार्यलयबाट कृष्ण वहादुर प्रधान अाएका छन ।

उनले बिदाइ सगै जागिरकाे क्रममा अाफुले जनताका लागि सके सम्म सहयाेगि बनेकाे बताए । अाफु जहाँ भए पनि राम्रो काममा सधैं सबै काे साथमा रहने बताए । उनी जागिरे जिवनमा विभिन्न प्रहरी चौकी, डडेल्धुरा, बझाङ, सिराहा, सुनसरी, सोलुखुम्बू, खोटाङ, झापा, ताप्लेजुङ, तनहुँ, पोखरा, लहान, मोरङ, इलाम, धनकुटा, धादिङ, चितवन, बाराको पतलैया हुँदै २०६८ साल साउन १ गतेबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आएर राष्ट्रसेवामा खटिरहेका छन् । सुदूरपश्चिमबाट जागिरे जीवन शुरु गरेको कालीदासले ३० वर्षे कार्यकाल पूरा गर्दै सुदूरपूर्वको काँकरभिट्टाबाट बुधबारबाट सेवानिवृत्त हुँदैछन् ।