• शनिबार, अशोज ३, २०७७
  • | September 19, 2020

बहुमुल्य केशरको उत्पादन संगै जाैबारिकाे मुहार फेरियाे

झापा – कुनै समय जुन ठाउँ पुग्न मानिसकाे लागि कठाेर हुने गर्दथियाे । तर अहिले साे ठाउँ एका एक परिवर्तन भएको छ । किन र कसरी कुन ठाउँ भन्ने लाग्न सक्छ ।त्याे हाे इलामकाे जाैवारि  पूर्वी नेपालको इलाममा व्यवसायिक रुपमा केशर खेति सुरु भए पछि त्यहाँ काे मुहारमा परिवर्तन भएको छ । ठाउँ मात्र हाेइन साे क्षेत्रमा बस्ने स्थानिहरुकाे राेजगारि देखि अवकाे भविष्यमा हुने सम्भावन साेच्न थालेका छन । अति महंगो मूल्यमा बिक्ने केशर खेती सुरु भए सगै अहिले साे ठाउँ पुग्न धेरै रुचाउँछन् ।

गत सालदेखि सुरु भएको केशर खेतीको एक वर्षको उत्पादन बिक्रीसमेत भइसकेको छ। गत साल ७ सय ग्राम केशर उत्पादन भएको थियो। उक्त मात्राको केशर ७ लाख रुपैयाँमा बिक्री भयाे

जौंबारी मल्टिपर्पोज एग्रिकल्चर एण्ड इन्भाइरोन्मेन्ट सेन्टर प्रा. लि. इलामले उक्त खेती शुरु गरेको हो।

इलामको जौंबारीमा तीन रोपनी र माइजोगमाइको थुम्केमा ६ रोपनी जमिनमा गत सालदेखि केशरको खेती सुरु गरिएको प्रा. लि. का संस्थापक शंकर भट्टराईले जानकारी दिए।

महंगो मूल्यमा विक्ने केशरको व्यवसायिक उत्पादन नेपालकाे पूर्वि भाग सगै नेपालमै पहिलाे रहेकाे अनुमान छ

केशरको खेतीले बहुमूल्य बस्तु उत्पादन गर्ने मुलुकमा नेपालमा पनि पर्ने विश्वास उनको छ। पर्यटकलाई आकर्षित गर्न र राम्रो आर्थिक बृद्धिका लागि पनि केशर खेतीले योगदान दिने उनको विश्वास छ।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नेमा पनि उक्त खेतीले योगदान दिने भट्टराईले बताए। हाल पनि साे क्षेत्रमा दर्जन बढिले राेजगारि पाएका छन

नेपालमा भने केशरको मूल्य करिब १० लाख रुपैयाँ प्रतिकेजी छ भने विदेशमा १५ लाख रुपैयाँ प्रतिकेजीसम्म बिक्ने गरेको छ। यश खेतिमाे बिकास सगै जाैवारिकाे मुहार परिवर्तन हुने अासामा स्थानिय हरु रहेका छन ।

बुद्धशान्तिमा लोकप्रिय बन्दै मेचीनगर साकोस

लकडाउन सुरु हुन भन्दा केही समय अघि अर्थात...

“मेचीनगरमा ट्राफिक व्यवस्थापनमा कमी हुन दिन्न”-प्रधान

  काँकरभिट्टा ।  नाका क्षेत्रमा हुने सवारि चाप ब्यवस्थापन...

स्वाब संकलन गर्ने क्रममा ल्याव कर्मचारी काे भाइजर खुस्किएपछि…..

खगेन्द्र घिमिरे .. झापा ।। ुमेची अञ्चल अस्पताल...

सेवा निवृत्त कालिदास लाई एकताले गर्याे बिदाइ

झापा ।बुधबार बाट मेचीनगरबाट ट्राफिक प्रहरी  निरीक्षक कालिदास ...

भाेलि बाट सेवा निवृत्त हुँदै कालिदास,काकरभिट्टा बाट बिदाइ

प्रहरि जवानबाट राष्ट्रसेवकको जागिर शुरु गरेका कालीदास प्रहरी...

मार्क्सवाद अध्यनगर्ने अनेरास्ववियुका बिद्यार्थीहरुको झापा जिल्ला कमिटी गठन

झापा । मार्क्सवाद अध्ययन गर्न रुचाउने अनेरास्ववियू सम्बद्ध...

बहुमुल्य केशरको उत्पादन संगै जाैबारिकाे मुहार फेरियाे

झापा – कुनै समय जुन ठाउँ पुग्न मानिसकाे...