मेचीनगरको आधिकारीक सूचना ! भद्र २८ गते रातको १२ बजे भाद्र ३ गते रातको १२ बजे सम्म बन्दाबंदी


खगेन्द्र घिमिरे ।।

सूचना प्रकाशन गर्ने नगरपालिकाको आधिकारीक सूचनाको यस्तो दुरुपयोग गरेको पाइएको छ । मेचीनगर नगरपालिकाले कोरोना सम्बन्धी आज जारी गरेको सूचना हो यो । मेचीनगरमा समुदायमा कोरोना भेटिएपछि मेचीनगरले जारी गरेको सूचना किन यति सारो लापरवाहीँ ?
नगरपालिकाको लेटर प्याड ? यहीँ हो कुन नगरपालिका कसरी चिन्ने ?  कस्को हस्ताक्षर हो यो खोइ नाम ? स्पष्ट बुझन नसकिने कस्तो सूचना हो यो ? अनि शिर्षकमै यस्तो गल्ती मेचीनगर नगरपालिका भित्रका अत्यावाश्यक बाहेक अन्य सबै बन्दाबंदी सम्बन्धिको सूचना ९भद्र २८ गते रातको १२ बजे भाद्र ३ गते रातको १२ बजे सम्म

मेचीनगरमा भोलिदेखि सात दिन लकडाउन
समुदायमा एकपछि अर्कोमा कोरोना संक्रमण पुष्टि भएपछि मेचीनगर नगरपालिका क्षेत्र भोलिदेखि ९विहीवार० लकडाउन गरिदैछ । समुदायका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले भोलिदेखि ७ दिनलाई लकडाउन गर्ने भएको कोरोना नियन्त्रण कार्यदलका संयोजक नविन बरालले जानकारी दिए । लकडाउन गर्ने विषयमा अहिले मेचीनगर नगरपालिकामा बैठक बसिरहेको छ । निणर्य गरेर लकडाउनको मोडालिटी तयार गरेर सार्वजनिक गरिने उनले जानकारी दिए । एक डाक्टरसहित समुदायका ४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले त्यस्तो निणर्य गर्न लागेको हो ।