सीमा सिल रातकाे समयमा प्रहरीकै मिलोमतोमा यस्ताे हुन्छ

सीमा सिल तस्करी चालु : प्रहरीकै मिलोमतोमा रातारात हुन्छ

२४ साउन – कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले सीमा नाका सिल गरेको छ । आवातजावतमा पूर्ण रुपमा कडाई गरेको दाबी गरेको छ । तर सीमा सिल गरिएको दाबी गरेपनि तस्करी भने चालु छ ।

बन्द गरिएको भनिएकै तिनै सीमा नाका हुदैं तस्करहरुले भारतबाट अवैध रुपमा विभिन्न सामानहरु भित्र्याईरहेका छन् । प्रहरीकै मिलोमतोमा तस्करी जारी रहेको ग्रामीण क्षेत्रका सीमावर्ती गाउँका स्थनीय बताउँछन् । यसरी तस्करी हुदाँ एक त सरकारले राजश्व गुमाईरहेको छ भने अर्कोतर्फ कोरोनाको संक्रमण बढिरहेको छ ।

त्यस्तै, सामान किनमेलका लागि स्थानीयबासिन्दालाई चाहि सीमा वारपार गर्न नदिने तर तस्करहरुलाई भने आर्थिक प्रलोभनमा परेर ओहोरदोहोर गर्न दिदाँ स्थानीयहरु महंगो मूल्यमा तस्करीका सामान किन्न बाध्य भएका छन्, स्थानीयहरु ।
अहिले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा पर्ने जानकीटोला र दसौता नजिकैको सीमावर्ती भारतको ईनर्वा बजारबाट दैनिक रुपमा रातारात मलको तस्करी भइरहेको स्थानीयहरु बताउँछन् ।

ग्रामीण क्षेत्रका जानकीटोला, पाँडेपुर, पिडारी, जमुनिया, जगरनाथपुर, सेर्वा, पिपरा लगायतका गाउँ गाउँमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याइएको मल तस्करहरुले बेचिरहेका छन् । साइकल तथा मोटरसाइकलमा मल बोकेर तस्कर गाउँ गाउँमा पुग्ने गरेको स्थानीयले बताए । भारतीय ईनर्वा बजारमा भारु ३२० मा किनेको युरिया मल गाउहरुमा पुयाएर १५०० देखि १८०० सयसम्ममा बिक्री भईरहेको स्थानियले बताएका छन् । तस्करहरुले प्रहरी चौकी जानकीटोला र सशस्त्र प्रहरी भिखमपुरका प्रहरीलाई नजराना चढाएर लकडाउनमा तस्करी चालु राखेर मल महंगोमा बेचेर मालामाल भइरहेको स्थानीयको आरोप छ । तस्करहरले रातारात मलको तस्करी गर्ने गरेको र दिनमा गाउँ गाउँ पुगरे मल बिक्री गर्ने गरेको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाका किसानहरुले बताए ।

कोरोना भाईरसको कारण जिल्लाभरि निषेधाज्ञा भएर मलखाद्य उपलब्ध नभएपछि मर्कामा परेको किसानहरु बताउँछन् । मलखाद्य लिन सर्वसाधारण किसानहरुले ईनर्वा बजारमा जान खोन्दा प्रहरी चौकी जानकीटोलाले जान नदिने गरेको किसानहरुको भनाई छ । तस्करहरुको लागि भने सीमा सिल भएपनि रातमा सीमा खुल्ला हुने गरेको स्थानीयको भनाई छ ।