हत्या घटनाका अभियुक्त १७ वर्षपछि पक्राउ


हत्याका अभियुक्त १७ वर्षपछि पक्रा
बिर्तामोड– हत्याकाे घटनाका एक अभियुक्त लाई झापा प्रहरिले १७ बर्ष पछि प्रक्राउ गरेकाे छ ! झापा जिल्लाको जलथलमा २०६० सालमा भएको हत्याकाे घटनाका एक जना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको हाे ! विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको पत्रकार भेटघाटमा जानकारि गराए । झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट ५ दिनकाे म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए । अरु फरारकाे समेत खाेजि भइ रहेकाे छ