मेची अस्पतालमा उपचार विनै फर्काउँछन् प्रसुतिका विरामी


स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयकुमार ठाकुर

झापा । सूर्योदय नगरपालिका–६ का अनुराधा तामाङ सुरक्षित प्रशुती गराउन मेची अस्पताल भद्रपुर, झापा पुगिन् । बिहानैदेखि प्रसूति ब्यथा लागेपछि तामाङ इलामबाट आफन्तको साथमा बिहान झापा झरेकी थिइन् । सरकारी अस्पतालमा सुरक्षित प्रसूति गराउन इलामदेखि बिहान ११ बजे अस्पताल पुगेकी थिइन् । तर, तामाङलाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयकुमार ठाकुरले उपचार गर्न मानेनन् । बिरामीलाई गाह्रो भएपछि तामाङका आफन्तले हारगुहार गर्दा पनि उनले बिरामी समेत हेर्न चाहेनन् । तामाङका श्रीमान् चिरन तामाङका अनुसार डा।ठाकुरले बिरामी हेर्न नसक्ने भन्दै अन्यत्रै लैजान भनेका थिए । डा. ठाकुर मेची अस्पतालका स्त्री तथा प्रसूति बिभागका प्रमुख हुन् ।
बिरामीलाई एकपटक समेत नहेरी डा.ठाकुरले बाहिर लैजान भनेपछि बिरामीका आफन्तले अनुरोध गर्दा उल्टै बिरामीका आफन्तलाई ‘तुरुन्तै लगिहाल्नु’ भन्दै हप्कीदप्की समेत गरेका थिए । बिरामीका श्रीमान् तामाङ भन्छन्, ‘बिरामीलाई एक पटक समेत नहेरी यहाँ हुँदैन बाहिर लैजानू भन्दै हप्कीदप्की गर्नुभयो ।’ तर घटना भने नयाँ होइन । पहुँच बिनाका सर्बसाधारणहरुले दैनिक जसो यस्तो सास्ती भोग्नुपरेको छ । तामाङजस्तै पहुँच बिनाका सर्बसाधारणहरुलाई हेर्दै नहेरी प्रसूतिका बिरामीहरुलाई डा।ठाकुरले फर्काइदिने गरेका छन् । पीडित सर्बसाधारणका अनुसार डा. ठाकुरले निकटका बिभिन्न क्लीनिकहरुमा नियमित जाँच गरेका बिरामीहरुको मात्रै सहज उपचार गर्ने गरेका छन् । जहाँबाट उनलाई पैसा आउने गरेको छ । बुधबार तामाङलाई फर्काए जसरी नै पहुँचबिनाका बिरामीहरुलाई उनले उपचार नगरी फकाईदिने गरेका सर्बसाधारणहरुको भनाइ छ ।
मेची अस्पताल सरकारी अस्पताल हो । जहाँ नेपाल सरकारले लागु गरेको मातृ तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । तर, डा।ठाकुरको कारण यो सेवाबाट सर्वसाधारण बञ्चित छन् । सर्बसाधारणलाई सेवा दिने उद्देश्यका साथ तत्कालीन मेची अञ्चल अस्पताल स्थापना भएको थियो । तर यो अस्पतालले प्रसूतिका बिरामीहरु उपचार नपाउँदा महंगो पैसा तिरेर निजी अस्पतालमा जान बाध्य छन् । डा।ठाकुरले सेटिङका बिरामीहरुलाई मात्रै प्राथमिकता दिने गरेको अस्पतालकै कर्मचारीहरु बताउँछन् । स्रोतका अनुसार अस्पतालका कर्मचारीहरु समेत उनको व्यवहारले आजित छन् भने उनकै कारण अस्पताल बदनामसमेत भएको छ ।
अस्पतालका प्रमुख डा।पिताम्बर ठाकुरले भने बिरामी फर्काइएको बारेमा अनभिज्ञता प्रकट गरे । उनले भने, ‘म बाहिर बैठकतिर थिएँ । मलाई जानकारी नै भएन ।’
प्रसूतिका डा।ठाकुरले पनि बिरामी फर्काइएको भने स्वीकार गरे । आफू व्यस्त र बिरामीको अवस्था गम्भीर भएकाले फिर्ता गरिएको उनको दाबी छ । तर, ठाकुरले दाबी गरे जस्तो उनले बिरामीलाई हेरेकै थिएनन् । बिरामीका आफन्ता तामाङ भन्छन्,‘बिरामीलाई हेर्दै नहेरी सामान्य हो या गम्भीर कसरी छुट्याउन सकिन्छ रु बिरामीलाई हेर्दै नहेरी फर्काइयो ।’ झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सेवा प्रवाहमा समस्या भएको भए अनुगमनबाट उचित कारबाही हुने बताए । उनले भने, ‘अनुगमन गरेर सेवाको बारेमा जानकारी लिन्छौं ।’ नेपालफेसबाट