तेक्वान्दो संघ झापाको अध्यक्षमा मेचीनगरका बावुलाल

तेक्वान्दो संघ झापाको अध्यक्षमा मेचीनगरका बावुलाल सुव्वा निर्वाचित भएका छन् । बिहीवार एक कार्याक्रमका बिच नेपाल तेक्वान्दो संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा बावुलाल सुव्वा सर्वसम्मत चयन भएका हुन् ।

समितिको अपाध्यक्षमा जेम्स सुव्वा, सचिवमा कुमार भट्टराई कोषाध्यक्षमा पुनम सुव्बा चयन भएका हुन् । त्यस्तै, सदस्यमा होम दुलाल योगेन्द्र रिजाल सन्जय राई चयन भएका हुन् । दुई सदस्य समितिको पहिलो वैठकवाट मनोनित गरिने बताइएको छ । कार्यक्रम नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष बिजय कुमार न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।


को हुन बावुलाल सुव्वा ?
मेचीनगर झापाका बाबुलाल सुब्बा खेलकुद क्षेत्रमा परिचित नाम हो । निरन्तर २८ वर्षदेखि उनि खेलकुद क्षेत्रमा सक्रिय छन् । बि.स २०४८ साल बाट खेलकुद क्षेत्रमा प्रवेश गरेको सुब्बा अहिले करिब ५० जनाको गुरुबा बनिसकेका छन् । तेक्वान्दो खेल उनको सानै देखि रुचिको विषय थियो । यहीँ विषय अहिले आएर उनका लागि देश तथा विदेश सम्म पुग्न सक्ने माध्यम बन्यो ।

उनीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी झापा जिल्ला खेलकुद विकास समितिको पूर्व जिल्ला सदस्य, क्षेत्र नंं २ को क्षेत्रीय अध्यक्ष, तेक्वान्दो सङ्घ दुवागढीको प्रमुख, एनेकपा माओवादी दुवागढी गाउँ कमिटीको पूर्व अध्यक्ष, नेपाल तेक्वान्दो सङ्घको झापा जिल्ला सदस्य, किराँत याक्थुङ्ग चुम्लुङ मेचीनगर १४ को अध्यक्ष लगायतका विभिन्न सामाजिक सङ्घ संस्थासँग उनी जोडिएका छन् ।
समाजसेवामा उनि जहिलेपनि एक कदम अगाडी छन् ।

विशेष गरि उनले खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनले सिङ्गापुर, मलेसिया, बंलादेश, भारत, भुटान कोरियाजस्ता देशको भ्रमण गरी सकेका छन् । २०३६ सालमा साविक दुवागढी ८ मा बुबा वीरबहादुर र आमा धर्म कला सुब्बाको कोखबाट जन्मिएका सुव्वा यो गतिविधिले झापाली खेलजगतमा उल्लेख्य योगदान गरेको वताइदै आएको छ ।