काकँरभिट्टा नाकाबाट यसरी हुन्छ रातमा तस्करी , पक्राउ पर्दैनन तस्कर, कोरोना भित्रिने जोखिम

खगेन्द्र घिमिरे झापा ।।

रातको समयमा सीमा क्षेत्रमा हुने तस्करी गतिविधिले काँकडभिट्टामा कोरोना भित्रिने जोखिम बढेको छ । कोरोना त्रासको बाबजुद झापाको काँकडभिट्टा नाकाबाट तस्करी भइरहेको छ । स्थानीय सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा तस्कर समूहले चोर बाटाहरू प्रयोग गरी भन्सार छलेर सरसामान तस्करी गरिरहेका छन् । तस्करी बढदा यसले समुदायमा कोरोना फैलिने त्रास समेत बढेको छ ।

काँकरभिट्टाको सतिघट्टा र उतर पिङ्की ठ्याक यसको प्रमुख नाका हो ।तर प्रहरी भने तस्करी गतिबिधी हुने समय देखेर पनि नदेझै गर्ने गरेको स्थानीयहरु बताउछन । रातको समयमा खोलामा ड्युटी गर्न बसेका प्रहरीहरु रिचार्ज र २,४ सय रुपैयामा बिक्ने गरेको समाचार स्रोत बताउछ ।

राति ११ बजेपछि बिहान ५ बजे सम्म तस्करी हुदै आएको छ । तर प्रहरीले कुनै चासो देखाएको छैन ।केही दिन अघि मेचीनगर नगरपालिका ४ प्रसाद गौँडा स्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुख्खा सुपारी बरामद भएको थियो । भने केही दिन अघि सिमा क्षेत्र तिरिङ खोलामा रातको समयमा तस्करी गर्दै गरेका ब्यतिmलाई टर्स देखाउदा एक ब्यतिmले कुटाइ समेत खाएका थिए ।

कसरी हुन्छ तस्करी धन्दा

यस नाकाको प्रयोग गर्दै नेपालमा प्रतिबन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेको खुलेको छ । काकँरभिट्टा क्षेत्रको सतिघट्टा,बाहुनगाडगी ,तिरिङ,पिङ्की ठ्याक,शिव मन्दिर आसपास क्षेत्र तस्करीको मूख्य नाका हो । सीमा नाका बन्दको मौका छोपी प्रतिबन्धित सुर्तीजन्य पदार्थ , खाद्यान्न सामान र रासायनिक मल नेपाल तर्फ भित्र्याउने गरेका छन ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र रोकथामका लागि नेपाल सरकारले सीमा नाका बन्द गरेको भए पनि मौका छोपीे विभिन्न नाका प्रयोग गर्दै रातारात तस्करहरूले सुर्तीजन्यसहित खाद्यान्न पर्दाथहरू भित्राई रहेको छ । खुल्ला सीमामा मा २४ सै घण्टा प्रहरीले डिउटी दिए पनि तस्करहरूले रातको समयमा तस्करी गर्दै आएका छन । भने नेपाल बाट सुख्खा सुपारी,छोक्डा ,चौपाय निकासी गर्दै आएका छन ।

पक्राउ पर्दैनन तस्कर

प्रहरी तस्करी गरेको सामान बरामत गरेको देखाएपनि तस्करी समात्न भने चासो देखाउँदैन । तस्करी भएका सामान समात्न सादा पोशाकमा प्रहरी समेत परिचालन गरिएको छ । तर तस्करी सामान छोडेर भागेको भन्दै समात्न नसकेको भन्दै पन्छिने गरेको छ ।

तर तस्करहरु भने हुलका हुल खोलामा तस्करी गरी रहँदा प्रहरी रमिते बन्ने गरेको छ । काकँरभिट्टा नाकाबाट सुपारी लगायत भारत तस्करी गर्न अमर ,राजेश,हरि,उमेश,जिरे लगायत संलग्न रहेका छन । उनीहरुले स्थानीय तथा भारतिय नागरिक परिचालन गरेर रातको समय लाखौ मूल्य बराबरको सुपारी भारत तर्फ कटाउँने गरेका छन ।

झापामा मौलायो तस्करी

झापाका सीमा नाकाबाट पछिल्लो समयमा तस्करी गतिविधि मौलाएको छ। दक्षिणी झापासहित पूर्वी नाका काँकडभिट्टाबाट अहिले पनि तस्करी भइरहेको छ।

कोरोना त्रासको बाबजुद सीमा नाकामा खटिएका स्थानीय प्रहरीको संलग्नतामा तस्करी भइरहेको स्थानीयको दाबी छ। काँकडभिट्टा नाकामा तस्करी मौलाएसँगै जिल्ला प्रहरी कार्यालय झापा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले आइतबार राति मेचीनगर नगरपालिका–४ प्रसाद गौँडास्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुक्खा सुपारी बरामद गरेको छ। भारत लैजान तयारी गरिएको सुपारी विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो। एक हजार ४७० किलो परिमाणको उक्त सुपारी करिब ४ लाख ४१ हजार रुपैयाँ मूल्य पर्छ ।

तस्करीमा संलग्न भएको आरोपमा तानिए केचना र पृथ्वीनगरका दुई सशस्त्र प्रहरी

भारतसँग जोडिएको खुला सीमा नाकाबाट तस्करी बढेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट झापामा कार्यरत दुईजना सशस्त्र प्रहरी निरीक्षकलाई तानिएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाका सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर तामाङ र बोर्डर आउट पोस्ट पृथ्वीनगरका कमल थानीलाई मंगलबार त्यहाँबाट तानिएको हो।

सशस्त्र प्रहरी निरीक्षक तामाङलाई सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी पठाइएको छ भने थानीलाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘तस्करी गतिविधिमा संलग्न र सङ्गठनको विपरीत काम गरेको भन्दै दुवै इन्स्पेक्टरलाई डिआइजी दाहालको आदेशमा तानिएको हो।’ दुवै सशस्त्र प्रहरी निरीक्षकलाई तानेपछि केचनामा सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरी र पृथ्वीनगरमा सशस्त्र प्रहरी निरीक्षक चेतन बाराकोटीलाई खटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका केही समयअघि आएका डिआइजी दाहालले मंगलबार झापाका गण तथा बिओपीहरुको स्थलगत अनुगमन गरेका थिए।