दिनदहाडै आचार्यको हत्याले भृकुटी शोकमा सुरक्षा संयन्त्र नहुँदा ज्यान गएको गुनासो


खगेन्द्र घिमिरे(झापा)
मेचीनगर २ का एक सामाजीक व्यक्तिको हत्याले यति बेला भृकुटी पुरै शोकमा डुबेको छ । उनको दिनदहाडै शुक्रबार आफ्नै पसलमा हत्या भएको छे खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो । भृकुटीका नारायण आचार्यलाई दिउसै एक ब्यतिmले खुकुरी प्रहार गर्दा मृत्यु भएको हो । दिउँसो ४ बजेको समयमा भुकुटी बजारमा किराना तथा कपडा पसल गर्दै आइरहेका आचार्यलाई उनकै पसलमा खुकुरी प्रहार गरिएको थियो । यो घटनाले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा माथि प्रश्न चिन्ह उब्जाएको छ ।

आचार्यमाथि के कारणले खुकुरी प्रहार भयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर यस बिषयमा भृकुटी बजारमा लामो समय देखी शान्ति सुरक्षाको माग गर्दै आएका स्थानीय जनताहरुको आवाजको सुनुवाइ नगर्दा आज यो घटना भएको बताएका छन ।

स्थानीय  युवा दिपक बराल भृकुटी बजारमा आज घटेको घटना बाट सारा समुदाय ससंकित र त्रसित रहेको बताउछन । उनी भन्छन स्थानिय संघ संस्था र ब्यावसाहिकहरुको अघुवाईमा यो क्षेत्रको सुरक्षा सम्बेदनशिलता हेरेर पटकपटक ईलाका प्रहरी कार्यलयमा प्रहरी विटको माग गर्दा पनि प्रशासनले सुरक्षा संवेदनशीलता नबुझेर विट दिन सक्नुभएको थिएन आज जुन घटना घट्यो यसपछाडि अब यहाँ रहेका स्थानिय ब्यावसायि ब्यावसाय संचालन गर्दै गर्दाका अगुवा सफल ब्यावसायी नारायण आचार्यको अनुपस्थितमा झन धेरै उहाँ लाई सम्झिएर पनि त्रसित रहनुहुनेछ । हाम्रो अहिले पनि विनम्र पुर्वक अनुरोध छ यो क्षेत्रमा एक प्रहरी बिट राखिदिनुहुन सम्पूर्ण राजनीतिक दल ,मानबअधिकार बादि माहानुब लगाएत प्रशासन संग माग गर्दछौ ।

त्यस्तै स्थानीय ज्ञानेन्द्र ढुङ्गना भन्छन – मेचीनगर २ भृकुटी बजारका ब्यापारी नारायण आचार्यको दिनदहाडै बिभत्स हत्या भएको छ। यो हत्याकाण्डले हामी समग्र भृकुटी बजारबासी शोकविह्वल बन्न पुगेका छौं।हामी हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडाभन्दा कडा सजायको माग गर्दछौ।हामीले भृकुटीबजारको सुरक्षा ब्यबस्थाको ख्याल गर्दै लामो समयदेखि प्रहरी बिटको माग गरेका थियौं। हाम्रो मागलाई बेबास्था गरेका कारण आज यस्तो जघन्य हत्याकाण्ड हुन पुग्यो।भृकुटी बौद्धमोड जस्ता ब्यापारिक केन्द्रमा यस अघिपनि अपराधिक घटना घट्दै आएका हुन्।

ति घटनाहरुलाई नजरअन्दाज गर्नाले अनि नेतृत्वमा रहनेको अदूरदर्शिताको परिणाम आज भृकुटी बासीले भोग्नु परेको छ।हामी हाम्रो मागलाई बेवास्ता गर्ने प्रति खेद प्रकट गर्दै यथाशीघ्र भृकुटी बजार, बौद्धमोड बजारजस्ता ब्यापारिक स्थलमा सुरक्षा संयन्त्रको स्थापनाका लागि जोडदार माग गर्दछौं।

यसरी दिउसै यो घटना घट्दा मेचीनगर नगरपालिका भित्रै सुरक्षा संवेदनशिलता माथि पनि प्रश्न खडा भएको छ । यस तर्फ नगरपालिका ले चासो देखाउनु पर्छ